सूर्यदर्शनका कुमार रम्तेल र प्राइमका निदेश कोइराला कारागार फर्केनन्

सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र प्राइम सहकारीका पूर्वअध्यक्ष निदेशप्रसाद कोइराला कास्की कारागार फर्केका छैनन् ।

जेनजी आन्दोलनकादौरान फरार रहेका रम्तेल र कोइराला अझै नफर्किएको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत जोडिएको सूर्यदर्शन सहकारी ठगी प्रकरण देशैक चर्चित मुद्दा बनेको छ । सोही सहकारीका कोषाध्यक्ष रम्तेललाई भदौ २५ गते पक्राउ गरिएको थियो ।

त्यसयता उनलाई पुर्पक्षकालायगि कास्की कारागारमा राखिएपनि आन्दोलनकाबेला कारागार तोडफोड भएपछि फरार छन् ।

रम्तेल काठमाण्डौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा समेत जोडिएका अभियुक्त हुन् ।

कास्की अदालतका अनुसार सूर्यदर्शन सहकारीका १ हजार ३५ बचतकर्ताहरू जम्मा बिगो एक अरब एघार करोड चौतिस लाख त्रिचालिस हजार पैँतालिस रुपैयाँ सत्र पैसा रहेको छ ।

त्यस्तै, गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सहकारी घोटला मानिने प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा मुछिएका कोइराला पनि निर्धारित मिति कटेपछि पनि कारागार फर्किएका छैनन् ।

जिल्ला सहकारी वकिलको कार्यालयले १ अर्ब ५७ करोड १५ रुपैयाँ बिगो र १२ वर्षसम्म जेल सजायको माग दाबीसहित ६६ जनाविरुद्ध अघिल्लो वर्षको जेठमा मुद्दा दायर गरेको थियो ।

कास्की कारागारको अल्टिमेटल लत्याउँदै पूर्वअध्यक्ष कोइरालासँगै प्राइम सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्रमणि पौडेल पनि फरारै छन् ।

जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये २ सय ७० जना अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ ।

कास्की कारागारबाट सहकारी ठगीका १४ जना कैदीबन्दी फरार छन् ।

Exit mobile version