पोखरा । पोखरा-१२ शितलदेवीको हिटिमार्गमा सोमबार साझ करिब ८:३० बजे एक स्थानिय महिलाको सुन लुट्न आएका एकजना युवा पक्राउ परेको छ्न ।

लुटन आएका युवाको साथमा भएको पेस्तोल
स्थानिय महिलाको घाँटी र कानमा लगाएको सुन तान्ने क्रममा महिलाले हार गुहार गरेपछि ती युवा भागेका थियो ।
ग १३ प ९८३२ नं .पल्सर बाईकमा आएको ती युवाले पेस्तोल देखाई महिलाको घाँटी र कानमा लगाएको सुन लुछ्न खोजेका थिए ।
सुन लुछ्ने क्रममा महिलाले प्रतिकार गरिन । उनले प्रतिकार गर्दै गर्दा त्यो युवाको मोटरसाइकल ढल्यो । त्यस पछि हेलमेटनै लगाएर भाग्यो ।
स्थानियको मोबाईलमा कैद भएको सुन लुटन आएको युवाको फोटो
तत्कालै स्थानियले प्रहरीलाई खबर गरे पछि पोखरा १२ को भेटनरी नजिकबाट प्रहरीले युवालाई नियन्त्रणमा लिएको छ ।
स्थानियको भनाई अनुसार त्यो युवाले भाग्ने क्रममा सानो पटका जस्तो पटकाएको बुझिएको छ । घटनाको अन्य विवरण आउन बाँकी ……