Skip to content
Home » निःशुल्क स्वास्थ्य शिविरमा १५० जनाको स्वास्थ्य परिक्षण

निःशुल्क स्वास्थ्य शिविरमा १५० जनाको स्वास्थ्य परिक्षण

  • by Naya Lipi

तनहुँ । बन्दिपुर १ डुम्रे बजारमा आज (शुक्रबार ) सम्पन्न भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा १ सय ५० जनाले स्वास्थ्य परिक्षण गराएको छन । तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे इकाइ र क्षेत्रीय होटल सङ्घ डुम्रे इकाइको संयुक्त आयोजनामा भएको नि:शुल्क स्वास्थ्य शिविरमा फिजियोथेरापी, मधुमेह, थाईराइड लगायतको परिक्षण गरिएको कार्यक्रम संयोजक शम्भु श्रेष्ठले बताए । 

शिविरमा ८० जनाको थाईरडको लागि रगत कलेक्सन गरेको थियो । 

उक्त शिविरमा लाइन्स क्लब अफ काठमाडौँ मिलन , NOVUS PATH LABS & DIAGNOSTIC CENTER PVT LTD काठमाडौँ, सन्चो आयुर्वेदिक औषधालय डुम्रे , JCIभानु बन्दीपुरको विशेष सहयोग रहेको थियो । कार्यक्रमको प्रचार प्रसारमा  खालीपाना अनलाईन, नयाँ लिपी अनलाईन र रेडियो बन्दीपुर ले सहयोग गरेको संयाेजक गरेको श्रेष्ठले बताए । 

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे इकाईको अध्यक्ष हिमलाल भि.के र क्षेत्रीय होटल सङ्घ डुम्रे इकाइको अध्यक्ष सन्तोष थापाले जनतालाई निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउन पाएकोमा खुसी  व्यक्त गरे । 

नि: शुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा डा. रिषीकान्त गिरि,डा. राम शंकर गुप्ता, डा.सुदिप धितात, स्वास्थ्यकर्मी रुपेश थापा र पाथ ल्याब एण्ड डायग्नोस्टिक सेन्टरको प्राविधिक सहयोग रहेको थियो । 

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
wpDiscuz
0
0
Would love your thoughts, please comment.x
()
x
Exit mobile version