Skip to content
Home » वान डे क्रिकेट: दोस्रो दिन पनि वर्षा बाधक

वान डे क्रिकेट: दोस्रो दिन पनि वर्षा बाधक

  • by Naya Lipi

पोखरा । पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिताको आज दोस्रो दिन भएको खेलमा पनि वर्षा बाधक भएको छ ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी ‘कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिता २०८१’ को दोस्रो खेलमा माछापुच्छे« क्रिकेट क्लब र लेखनाथ युथ क्रिकेट क्लब बिचको खेलको दोस्रो इनिङमा वर्षा भएपछि १–१ अंक बाड्न परेको छ।

बुधबारदेखि परेको वर्षाका कारण मैदान भिजेको थियो । वर्षाका कारण खेलमा ५० बाट घटाएर २५ ओभरको खेल खेलाइएको थियो । 

निर्धारित समय भन्दा ढिला सुरु भएको खेलमा माछापुछ्रे टस जितेर पहिला ब्याटिङ थाल्दै २५ ओभरमा ५ विकेट गुमाउँदै १६२ रन जोडेको थियो ।

माछापुच्छे«का लागि मनोज कोइरालाले ३६ बलमा सर्वाधिक ३१ रन जोडेका थिए ।

कविन सापकोटाले २८ रन र कप्तान दिपेश खत्रीले २४ रन जोडेका थिए । ति बाहेक अन्य ब्याट्सम्यानले खासै गतिलो रन जोड्न सकेनन् । 

लेखनाथका लागि सुवास बास्तोला, विमान प्रधान, प्रदिप तामाङ र दिपक बरालले समान १–१ विकेट लिएका थिए । १६३ रनको विजयी लक्ष्य पाएको लेखनाथले १४.१ ओभरमा ३ विकेट गुमाउँदै ६७ रन जोडेको स्थितिमा पानी परेको थियो ।

लेखनाथका लागि विकल बरालले ३६ बलमा ३२ रन बनाउँदै नटआउट रहे ।

यस्तै दिपक बरालले २३ रन जोडेका थिए । उता माछापुच्छे«का लागि कविन सापकोटा र सत्कार चालिसेले १–१ विकेट लिएका थिए । वर्षाको कारण पहिलो खेलमा समेत सांग्रिला र लेकसाइडले अंक बाडेका थिए । 

१२ गतेसम्म चल्ने प्रतियोगितामा कुल ९ क्लबको सहभागिता रहेको छ ।  भोलिको खेल समुह सि तर्फको राइजिङ क्रिकेट क्लब र गण्डकी स्पोट्र्स क्रिकेट क्लब बिच हुने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
wpDiscuz
0
0
Would love your thoughts, please comment.x
()
x
Exit mobile version