भानुमा निःशुल्क स्वास्थ्य शिविर, २६५ जनाले स्वास्थ्य जाँच गराए

शम्भु श्रेष्ठ, तनहुँ । भानु नगरपालिका स्थित ग्रिनपार्कमा आज (बिहिबार) सम्पन्न भएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २ सय ६५ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । 

भानु १ र ग्रिनसिटी मेगा अस्पताल काठमाडौँको संयुक्त रुपमा आयोजना भएको  निःशुल्क स्वास्थ्य शिविरमा रत्तचाप, सुगर, फिजियोथेरापी, हाडजोर्नी, नसारोग र स्त्री रोग परिक्षण गरिएको कार्यक्रम संयोजक मनोज गुरुङले जनकारी दिए ।  

शिविरमा आवश्यक पर्ने सबैलाई  औषधी पनि निःशुल्क प्रदान गरिएको थियो ।

कार्यक्रममा सोहि वडाका वडा अध्यक्ष कान्छीमाया तामाङले स्वास्थ्य प्रति स्थानिय सरकार सदैब सचेत रहेको बताउदै यस्ता कार्यक्रममा आफु र वडा सदैव हातेमालो गर्न तयार रहेको  बताइन् ।  

निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा डा. मोति कुमार श्रेष्ठ, डा. विवेक महर्जन, डा. कुञ्जन खनाल, डा. सुस्मा कुवर र डा. सुदिप पंडित र ग्रिनसिटी मेगा अस्पतालको प्राविधिक सहयोग रहेको थियो । 

जनतालाई निःशुल्क स्वास्थ्य सेवा पु¥याउन पाएकोमा आफु र टिम उत्साहि भएको र थप उर्जा मिलेको वरिष्ठ फिजियोथेरापिस्ट डा. सुदिप धितालले व्यक्त गरे ।

Exit mobile version