Uncategorized

पहिरोले एकेडेमीका ६ बालकको मृत्यु,अन्यको उद्दार

मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोमा बेपत्ता भएका सबै ६ जना बालकको मृत्यु भएको छ । सिस्नेरी नजिकको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ४० जना बालकमध्ये शनिबार बिहान पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका थिए । उनीहरु सबैको शव भेटिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए । उनका अनुसार ६ जना बालकको शव लिन नेपाली सेनाको हेलिकप्टर विद्यालयमा आएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वयमा नेपाली सेनाले बालकहरुको शव लिन हेलिकप्टर पठाएको थियो । बत्सलादेवी… पुरा पढौ

अखिल नेपाल महिला संघ प्रदेशको  प्रथम सम्मेलन  पोखरामा सुरु (तस्विर सहित)

पोखरा ।अखिल नेपाल महिला संघ ( क्रान्तिकारी )गण्डकी प्रदेशको  प्रथम सम्मेलन आज (बिहिबार) देखि पोखरामा सुरु भएको छ । माओवादी (केन्द्र) निकट महिला संगठनले संविधान दिवसको अवसर पारेर प्रदेशस्तरिय सम्मेलन सुरु गरेको हो । ‘महिला मुक्ति र आमूल परिवर्तनको निम्ति क्रान्तिकारी महिला आन्दोलन, समाजवाद प्राप्तिका लागि भन्ने मुल नाराका साथ गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना भएको प्रथम सम्मेलनको उद्धघाटन नेकपा माओवादी (केन्द्र)की उपाध्यक्ष पम्फा भुषालले गरेकी हुन । प्रदेशको ११ जिल्लाका ८५ पालिकाबाट प्रतिनिधित्व गर्दे महिला प्रतिनिधिहरुले सहभागिता जनाएको छ ।… पुरा पढौ

सुनास कास्कीको अध्यक्षमा : कोइराला

पोखरा । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग आवद्ध सुशासनका लागि नागरिक समाज (सुनास) कास्की, गण्डकीको अध्यक्षमा सिरोज कोइराला निर्विरोध चयन भएका छन् । शुक्रबार सुनासको १८ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले कोइरालाको नेतृत्वमा निर्विरोध दुई वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी, सचिवमा शान्तिकुमारी गुरुङ, सहसचिवमा विष्णुप्रसाद पौडेल र कोषाध्यक्षमा शिवहरि आचार्य निर्विरोध चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मञ्जु गौतम, इन्दिरा भण्डारी, घनश्याम पौडेल र ईन्दिरा दाहाल रहेका छन् । बाँकी दुई सदस्य पछि… पुरा पढौ

एआइपिएस एसिया र सिएमआर नेपाल बिच सम्झौता

काठमाडौं । एस एसिया र सिएमआर नेपालबीच खेल पत्रकार प्रशिक्षणका लागि सम्झौता भएको छ । एआइपिएस एसियाको २५औं एसिया कंग्रेसको अवसरमा बिहीबार दुई पक्षबीच सम्झौता खेलपत्रकार प्रशिक्षणका लागि सम्झौता भएको हो । एआइपिएस एसिया अध्यक्ष ही दोङ जङ र सिएमआर नेपालका निर्देशक उज्वल आचार्यबीच सम्झौता भएको हो । उक्त सम्झौताअनुरूप सिएआर नेपालले एआइपिएस एसियालाई हरेक सेसनमा दुई वटा खेलपत्रकार प्रशिक्षण कोटा प्रदान गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) आशिंक छात्रवृत्तिमा एआइपिएस एसियाले उक्त प्रशिक्षण कोटा प्राप्त गर्नेछ । पुरा पढौ

पो.उ.वा.संघ चुनाव: पोखराको सर्वेश्वर व्यवसायीको प्रतिबद्धता

पोखरा । पोखराको सर्वेश्वर र पराजुली मार्गका होलसेल व्यवसायीहरुले पोखरा उद्योग वाणिज्य संघको चुनावमा आफ्ना उम्मेदवारहरुलाई एकमत भएर मत हाल्ने प्रतिबद्धता जनाएका छन् । पोखरा उद्योग वाणिज्य संघको यहि भदौ २८ र २९ गते हुन गइरहेको ३५ औं महाधिवेशनमा सर्वेश्वर व्यवसायी समितिमा आबद्ध उम्मेदवारहरुको ‘परिचय कार्यक्रम तथा जिताऔं अभियान’मा अधिकांश व्यवसायी उपस्थित भएर यस्तो प्रतिबद्धता जनाएका हुन् । एक पटक नेतृत्व लिएर ईतिहास बनाइसकेको सर्वेश्वरले फेरी त्यो ईतिहास दोहो¥याउनका लागि नेतृत्व तयार गर्दै जानपनि यस पटक उम्मेदवार भएका चारै जनालाई… पुरा पढौ

जसपाको गण्डकीमा संगठन निर्माण अभियान,५५ जनाले पार्टी प्रवेश

पोखरा । जनता समाजवादी पार्टी नेपालले गण्डकी प्रदेशमा संगठन निर्माण अभियान थालेको छ । पार्टीको केन्द्रिय सर्कुुलेसन अनुुसार गण्डकी प्रदेशमा आधारभुत संगठन निर्माण अभियानको सुुभारम्भ गरेको हो । पोखरा १० उत्तमचोकमा भएको उक्त कार्यक्रममा ५५ जनाले पार्टी प्रवेश गरेका छन् । पार्टीका सह–अध्यक्ष तथा रकम चेम्जोङले संगठन विस्तारको कार्यक्रम अघि बढेको बताए । पछिल्लो समय ठुला दलप्रतिको वितृस्णा र उनीहरुको कार्यशैलीका कारण जनता आजित भएकाले अब नयाँ बैकल्पिक पार्टी रोज्ने कार्य सुरु भएको उनले सुनाए । पार्टीले हाल कांग्रेस–एमाले सरकारलाई… पुरा पढौ

गोकर्णलाई औद्योगिक क्षेत्र र विशाल बजारको साथ

पोखरा ।पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनमा औद्योगिक क्षेत्रका उद्योगी र विशाल बजारका व्यवसायीले अध्यक्षमा गोकर्ण कार्कीलाई साथ दिने भएका छन् । कार्कीलाई औद्योगिक क्षेत्रका उद्योगि र विशाल बजारका व्यवसायिहरुले कार्यक्रमको आयोजना गर्दै अध्यक्षमा साथ दिने बताएका हुन् । अध्यक्ष पदका उम्मेदवार कार्कीले आफु कुनै गुट उपगुट नबनाइ स्वतन्त्र रुपमा अध्यक्षको पदमा उम्मेदवारी दिएको र उद्योग व्यवसायीको पिडा राम्रो सँग बुझेको बताउँदै सुझावसमेत लिएका थिए । कार्कीले व्यवसायिहरुको सुझाव गुनासोलाई नेतृत्वमा पुगेपछि आफुले समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे… पुरा पढौ

पोखरामा हाप्किडो सेमीनार सुरु

पोखरा । हाप्किडोका प्रशिक्षक, रेफ्रि तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ ‘दशौं राष्ट्रिय हाप्किडो सेमीनार’ पोखरामा सुरु भएको छ । दुई दिन सम्म सञ्चालन हुने सेमीनारको गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री थापाले दशौं राष्ट्रिय खेलकुद केही कारणले तोकिएको समयमा नहुने जस्तैे देखिएको बताएका छन् । उनले भने–“दशौं राष्ट्रिय खेलकुद मंसिरमा हुने भनिएको छ । केही कारणले समयमा नै सुरु होला जस्तो देखिन्न । केही पछि… पुरा पढौ

चुमनुब्री गापाले तोकेको पर्यटन शुल्क खारेज गर्न टान गण्डकीको माग

पोखरा । स्थानिय तहहरुले आफूखुशी पर्यटन शुल्क तोक्न थालेकोप्रति ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले आपत्ति जनाएको छ । केहिअघि कास्कीको माछापुच्छ«े गाउँपालिकाले पर्यटन शुल्क तोकेको थियो । गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई ५ सय र स्वदेशी पर्यटकलाई १ सय रुपैयाँ तोकेपनि विरोध भएपछि फिर्ता भएको थियो । तर फेरी गोरखाको चुमनुब्री गाउँपालिकाले पर्यटन शुल्क तोकेपछि टान गण्डकीले आपत्ति जनाएको हो । चुमनुब्री गाउँपालिकाले गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई १ हजार र स्वदेशी पर्यटकलाई २ सय रुपैयाँ तोकेको छ… पुरा पढौ

सेतीमदीको सदस्यलाई ए एण्ड बि इन्टरनेश्नल हस्पिटलल १०- ३० प्रतिशतसम्म छुट

पोखरा २४ भदौ पोखरा महानगरपालिका २ मिरुवा स्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी सदस्य शिक्षा एंव तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । आफनो स्थापनाको १४ वर्ष पुरा गरेको सहकारीले सहकारीमा आवद्ध सदस्यहरुलाई सहकारीका काम, कारवाही, सहकारीका सदस्यले पालन गर्नुपर्ने नियमहरु, बचत सगै क्रण लिदा उपनाउनुपर्ने विषयका बारेमा कार्यक्रममा जानकारी दिईएको थियो । सहकारीमा आवद्ध भएका तर सहकारीले गर्ने काम कारवाहीका विषयमा अस्पष्ट भएका विषयहरु सगै आर्थिक र वित्तिय अनुशासनका बारेमा सदस्यहरुलाई जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना… पुरा पढौ