गण्डकी

हाईलक्स र मोटरसाईकल ठोकिदाँ घाईते भएका मोटरसाईकल चालकको मृत्यु

पोखरा । आज (आईतबार) बिहान पोखराको हल्लनचोकमा हाईलक्स र मोटरसाईकल एक आपसमा ठोकिदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान ५:४० बजे ग ३ च ३४५७ नं. हाईलक्स र ग ११ प ९१ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खादाँ पोखरा ६ का २६ वर्षिय ईश्वर परियार घाईते भएका थिए । घाईते परियारलाई उपचारका लगि पोखराको गण्डकी मेडिकल कलेज पुर्याएको थियो । उपचारको क्रममा आईतबार बिहान ६:४३ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ… पुरा पढौ

आलोचना गर्नेलाई कामबाट जवाफ दिनुपर्छ : स्थायी कमिटी सदस्य अधिकारी

पोखरा ।नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारीले काम नगरी कुरा लगाएर मात्रै खानेका दिन गएको बताउनुभएको छ ।  शनिबार ४६ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय एकतासँगै पार्टी भित्रको एकताको विषयमा जोड दिनुभयो ।  ‘हामी गुटबन्दीको विरोध गर्छौं, अराजकताको विरोध गर्छौं, एकताको पक्षमा छौं, राष्ट्रिय एकता, पार्टी भित्रको एकता, संगठनभित्रको एकताको पक्षमा छौं, जस्ले काम गर्दैनन् कुरा लगाएर खान चाहन्छन् तिनीहरूका दिन गए’ उहाँले भन्नुभयो… पुरा पढौ

विपदमा परेका परिवारलाई युनाइटेड क्लबको सहयोग

पोखरा । युनाइटेड क्लव पोखराले अविरल वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका चार परिवारलाई आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नं ३२ चैनपुर, पोखरा २७ अर्चले र पोखरा १९ पुरनचौरमा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको हो । क्लवले तिहारको अवसरमा आयोजित देउसीभैलो कार्यक्रममा संकलन गरिएको रकमबाट स्थापित विपद ब्यवस्थापन कोष मार्फत विपदमा परेकाहरुलाई आर्थिक सहयोग गरेको हो । आर्थिक सहयोग अन्तर्गत पोखरा ३२ चैनपुर आरती ओझाको परिवारलाई १० हजार, पोखरा २७ अर्चलेका स्वर्गीय अनमोल सुनार… पुरा पढौ

पोखरा बहुमुखी क्याम्पसमा युनाइटेड क्लवको  छात्रवृत्ति अक्षयकोष स्थापना

पोखरा ।  युनाइटेड क्लब पोखराले पोखरा बहुमुखी क्याम्पसमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । क्लबले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न  विद्यार्थीहरुलाई लक्षित गरी एक लाखको अक्षयकोष स्थापना गरेको हो । अक्षयकोषका लागि क्लवका अध्यक्ष राजु श्रेष्ठ, क्लवका शिक्षा उपसमिति संयोजक गणेश तिमिल्सिना लगायतले पोखरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्र लालचन, क्याम्पस प्रमुख सिशुकला पराजुली, क्याम्पस आइ क्यू ए सी प्रमुख महेन्द्र प्रसाद रिमाललाई चेक हस्तान्तरण गरिएको हो । सो अवसरमा वोल्दै पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्र लालचनले युनाइटेड क्लबले… पुरा पढौ

पर्यटनको राजधानी पोखरालाई दक्ष जनशक्ति दिन प्रतिवद्ध छौँ : अध्यक्ष विजुक्छे

जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले पर्यटनको राजधानी पोखराको पर्यटन उद्योगलाई टेवा पुग्ने गरी दक्ष जनशक्ति उत्पादन गर्न प्रतिवद्ध रहेको जनाएका छन् । आइतबार पोखरामा आयोजित ‘पर्यटकीय राजधानीमा पर्यटन शिक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि विजुक्छेले सिप, प्रविधि र उद्यमशीलता ः शिक्षामा जनप्रियको गतिशीलताको मर्मलाई आत्मसात गर्दै स्वायत्त कार्यक्रमका रूपमा स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापनको अध्यापनमार्फत् राष्ट्रिय अन्तर्राष्ट्रिय श्रमबजारको मागलाई दक्ष जनशक्ति पूर्ति गर्न क्याम्पसले महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे । युवाहरूको पलायन रोक्न पर्यटन फस्टाउनु पर्छ, शिक्षा, सिप… पुरा पढौ

चुँदी खोलाले बगाएको निम बहादुर मृत फेला

शम्भु श्रेष्ठ,तनहुँ । भानु नगरपालिका ६ लेङगाबारी स्थित रहेको चुँदी खोलाले बगाएको निम बहादुर मस्राङगी मृत अवस्थामा फेला परेको छ । घटना भएको स्थान भन्दा २ किलोमिटर तल उनको लास आईतबार फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरिक्षक दिलिप कुमार हुमागाईले बताए । हिजो (शनिबार)उनलाई नुहाउन जाने क्रममा खोलाले बगाएको थियो । आज(आईतबार) बिहान खोलाको किनारमा मान्छे देखे पछि त्यहाँका स्थानियले प्रहरीलाई खबर गरेको थिए । स्थानीयले खबर गर्ने बितिक्कै त्यहाँ पुगेको प्रहरीले उक्त लास निम बहादुरको भन्ने पुष्टि… पुरा पढौ

गण्डकी प्रदेशका राष्ट्रिय खेलकुद प्रतियोगिता बिजेता खेलाडीहरु पुरस्कृत

पोखरा । गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई नगदसहित पुरस्कृत एवं सम्मान गरिएको हो । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, १४औं केन्द्रियस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता १ सय ७८ जना खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषदका संरक्षक सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापा, प्रदेश… पुरा पढौ

केदारेश्वरमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न

पोखरा ।केदारेश्वर महादेवमणी सेवाश्रममा रहेको केदारेश्वर छात्र परिषद्को आयोजनामा हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । २११ आंै भानुजयन्तीको अवसरमा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्दै रेडियो सफलता प्रमुख दुर्गा अधिकारीले भानुजयन्तीको अवसरमा गुरुकुलमा रहेका छात्रहरुले हाजिरजवाफ प्रतियोगिता गरेकोमा खुसी व्यक्त गर्नुभयो । केदारेश्वर महादेवमणी सेवा आश्रमका पिठाधिश डाक्टर चित्घन चैतन्य महाराजले विद्या र ज्ञानको चर्चा गर्दै सिक्ने पर्ने कुरा बेग्लैमा सिक्नका लागि अनुरोध गर्नुभयो । सिकाईको अन्त्य कहिल्यै नहुने भन्दै उहाँे जीवनमा असम्भव भर्ने केही नरहेको भन्दै दृष्टान्तले बटुकहरुलाई… पुरा पढौ

पद्म नर्सिङ होमको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय बढीको स्वास्थ्य परीक्षण

 पोखरा ।पद्म नर्सिङ होम प्रा.लि.ले आयोजना  गरेको निःशुल्क स्वास्थ्य शिबिरमा ५ सय भन्दा बढिले सेवा लिएका छन् । पद्म नर्सिङ होम प्रा.लि.पोखरा–३, नदिपुरको आयोजना एवं पोखरा महानगरपालिका वडा नम्वर ३ को सहकार्यमा शनिबार हस्पिटल प्राङ्गणमा सम्पन्न एक दिने निःशुल्क स्वास्थ्य शिबिरबाट ५ सय भन्दा धेरै सेवाग्राहीले सेवा लिएका हुन् ।  कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगरपालिका ३ का वडा अध्यक्ष प्रकाशमान उदासले बरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा. डाक्टर सचेत प्रभात श्रेष्ठलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेर स्वास्थ्य शिबिरको शुभारम्भ गरेका थिए । निःशुल्क… पुरा पढौ

बेबिल्याण्डको सिद्ध बराह आधारभुत विद्यालयलाई सहयोग

पोखरा । पोखरा महानगरपालिका वडा नं १० अमरसिंहचोकमा सञ्चालित आभाष अभिजित बेबिल्याण्डले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा पोखरा महानगरपालिका वडा नं २३ स्थित सिद्धबराह आधारभुत विद्यालयका छात्रछात्राका लागि शैक्षिक तथा खेलकुदका सामाग्रीसँगै खाजाका सामाग्री वितरण गरेको छ । बेबिल्याण्ड सञ्चालन गरी बालबालिकाका लागि आवश्यक खेलकुद तथा पोशाकजन्य सामाग्री विक्री वितरण गर्दै आउनुभएका सञ्चालक बुद्धिराज भट्टराईले विक्रीको मुनाफाको केही अंश सहित असहाय एवम् अशक्त बालबालिकालाई लक्षित गरि बेबिल्याण्डमा राखिएको दान पेटिकाको रकमबाट समान खरिद गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो । आयोजकका तर्फबाट… पुरा पढौ