गण्डकी

राष्ट्रिय संगीतकर्मी संघमा सुनिल गायक

पोखरा । राष्ट्रिय संगीतकर्मी संघ कास्कीेको छैटौं साधारण सभा तथा तेश्रो अधिवेशनले सुनिल गायकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको प्रथम उपाध्यक्षमा कपिल श्रेष्ठ, द्वितिय उपाध्यक्षमा राजन सुवेदी, महिला उपाध्यक्षमा गंगा परियार, सचिवमा प्रकाश रसाईली, कोषाध्यक्षमा सोनिया कार्की खत्री, सह–सचिवमा नविन लामिछाने, सहकोषाध्यक्षमा सचिन भट्टराई, सदस्यहरुमा सुजित परियार, किसु गुरुङ्,रविन नेपाली,सूर्य बहादुर परियार, सुजन परियार, राज बराल, सिता सुवेदी,अनु विक, सागर रुम्बा सर्वसम्मत चयन भएका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शनिबार नै सपथ खुवाउनु का साथै प्रमाणपत्र… पुरा पढौ

स्कुल बस दुर्घटना अपडेट : आमा छोराको मृत्यु ,२८ जना घाईते

पोखरा । पोखरामा आज बिहान ८:५५ बजे विद्यार्थी लिएर पोखरा फर्कदै गरेको एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कुलको बस दुर्घटना हुदाँ आमा छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मृत्यु हुनेमा सोहि स्कुलका सहयोगी ३३ वर्षिया आरती बिक र उनका छोरा प्रिन्स बि.क रहेको प्रहरीले जनाएको हो । पोखरा महानगरपालिका वडा नं.२१ गुड्कुस्थित भित्री सडक खण्डमा रामदीबाट पोखरातर्फ आउँदै गरेको ग १ क ६२१९ नं.को बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो । उक्त बसमा चालक तथा बिद्यार्थी सहित ३० सवार रहेको प्रहरीले जनाएको छ । उक्त… पुरा पढौ

पोखरामा स्कुल बस बाटो मुनि खस्यो

पोखरा । पोखरामा आज बिहान विधार्थी लिन गएको बिरौटा १७ मा रहेको एलपी देबकोटा बोडिङ स्कुलको बस बाटो मुनि खसेको छ । पोखरा २१ फुस्रे खोला नजिकको बाटो बाट ४०/५० मिटर तल खसेको बसमा २२ जना विधार्थी र चालक र सह- चालक गरि २४ जना सवार थिए । घाईतेको पोखरा बिरौटामा रहेको नमस्ते अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचारको लागि लगिएको छ । २ जनाको अवस्था गम्भिर भएको घटना स्थलबाट सन्चारकर्मी प्रवेश पोख्रेलले बताए । पुरा पढौ

बन्दिपुरको ‘रक गार्डेन’ अलपत्र अवस्थामा

तनहुँ । बन्दिपुर गाउँपालिकामा करौडो रकम खर्चेर बनाउन सुरु गरेको रक गार्डेन अहिले अलपत्र अवस्थामा रहेको छ । पृथ्वी राजमार्गमा रहेको डुम्रे बजार भन्दा केहि माथि रहेको उक्त रक गार्डेन लगभग ५ वर्ष बितिसक्दा पनि निर्माणको कार्य पुनः सुरु हुन सकेको छैन । बन्दिपुर गाउँपालिका वडा १ मा निमार्ण सुरु भएको उक्त गार्डेन अहिले लगभग बेवारिसे अवस्था छ ।उक्त गार्डेनलाई पुनः सुरु गर्नको लागि न त बन्दिपुर गाउँपालिकाले चासो दिएको छ । नत निर्माण जिम्मा लिएको नयाँ शहरी आयोजनाले नै… पुरा पढौ

पत्रकार माथी आक्रमण गर्ने ४पक्राउ,पत्रकार संगठन द्धारा भर्सना

पोखरा । राइड एण्ड सेयरिङलाई वैधानिकता दिने गण्डकी प्रदेश सरकारको कदमविरुद्ध यातायात व्यवसायीहरुले पोखरामा आइतबार गरेको आन्दोलनमा रिपोटिङ गर्न पुगेका पोखराका पत्रकार सुरज थापा र विनु मरसानी कुटिएका छन् । कुटपिटमा संलग्न भएका आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । अन्यको खोजी कार्य जारी रहेको कास्की प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुर्य बहादुर नेपाली, बुद्दि बहादुर बयलकोटी, प्रशन गुरुङ र सन्तोष बस्नेत रहेका छन् । अन्दोलनकारीले पत्रकारद्धय ग२०प ३९७३ को स्कुटरसमेत तोडफोड गरेका छन् । पत्रकार माथि भएको… पुरा पढौ

सामाजिक सुरक्षा भत्ता लिन आउनेलाई निशुल्क स्वास्थ्य परीक्षण

पोखरा ।पोखरा महानगरपालिका वडा नं. १३ ले सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको निशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको स्वास्थ्यको जाँच गरिने अध्यक्ष किरण बरालले जानकारी गराए । उनका अनुसार पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुु रोगको समेत परीक्षण गरिनेछ । जसका लागि डा. कुशुम महराको सहयोग रहने बरालले बताए । “नागरिकको स्वास्थ्यमा हामी संवेदनशील छौं । सामाजिक सुरक्षा भत्ता लिन आउने वृद्ध बुवाआमाहरुको… पुरा पढौ

अपाङ्गमैत्री कानूनको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

पोखरा । अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेश र स्वालम्बन जीवनपद्धति केन्द्र पोखराले मस्यौदा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापालाई हस्तान्तरण गरेको हो । कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकारले बनाउन लागेको अपाङ्गता सम्बन्धी ऐनलाई प्रभावकारी बनाउन मस्यौदा सहायकसिद्ध हुुने बताए । “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन निर्माणमा स्वालम्बन जीवनपद्धति केन्द्र पोखरा र राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेशले तयार पारेको मस्यौदाले प्रदेश सरकारलाई सहयोग मिल्नेमा… पुरा पढौ

श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा कलशयात्रा

पोखरा । एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा पोखरामा कलश यात्रा निकालिएको छ । श्रीक कृष्ण प्रणामी सेवा समिति पोखरा ८ रत्नचोकको आयोजनामा आगामी श्रावण १० श्रावण कृष्ण पञ्चमी देखि भदौ १० गते भाद्र कृष्ण अष्टमी सम्म श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकमा आयोजना गर्न लागेको श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा बुधवार पोखरामा कलश यात्रा सम्पन्न भएको हो । श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकबाट शुरु भएको कलश यात्रा रत्नचोक, सिर्जनाचोक, सभागृह चोक, पृथ्वीचोक, नागढुंगा,… पुरा पढौ

खेलाडीलाई खेलकुदमा बजेट घटेपनि उत्कृष्ट नतिजा निकाल्न मन्त्री थापाको आग्रह

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले खेलकुदमा बजेट घटेपनि उत्कृष्ट नतिजा निकाल्न आग्रह गरेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको बुधबार बसेको बैठकमा मन्त्री थापाले उक्त कुरा व्यक्त गरेका हुन् । परिषदका अध्यक्ष समेत रहेका मन्त्री थापाले प्रदेशलाई गौरवको प्रदेशको रुपमा स्थापित गर्न खेलकुद महत्वपूर्ण रहेको जनाउँदै भने–“सबै क्षेत्रमा बजेट घटेको छ । हामी बजेट घट्यो भनेर चिन्ता गर्नु भन्दा सिमित स्रोत साधनको उच्चतम उपयोग गर्दै त्यसबाट अधिकतम फाइदा लिनु शसक्त रुपमा अघि… पुरा पढौ

ट्रकको डिजेल चोरी गर्ने २ जना पक्राउ

पोखरा । पोखराको प्रस्याङबाट डिजेल चोरीको आरोपमा सोमबार २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका २ फिर्केपुल बस्ने १९ वर्षिय रोहित नेपाली र बाग्लुङ बसपार्क बस्ने वर्ष ४८ जिवन श्रेष्ठ रहेको कास्की प्रहरीले जनाएको छ । रोहित नेपालीले पोखरा महानगरपालिका वडा नं.०५ प्रस्याङमा पार्किङ गरी राखेको बा ०१००६ ख ३८४० नम्बरको ट्रकको ६० लिटर डिजेल चोरी गरी पोखरा-दमौली चल्ने ग १ ख ७१०२ नम्बरको बस धनी जिवन श्रेष्ठलाई चार हजारमा बेचेका थिए । डिजेल चोरी भयो… पुरा पढौ