नीतिकथा

स्वार्थी मान्छे !

मनिसको सबै भन्दा ठुलो चरित्र भनेको नै अति स्वार्थी हुनु हो । एक जना मानिस बाटोमा कतै गइरहेको थियो । विपरीत दिशाबाट बाघ दौडिएर आयो । त्यो मान्छे हत्तपत्त छेउमा भएको  रुखको लत्रिएको हाँगालाई समातेर रुख माथि गयो । तर रुखको केही माथि एउटा अजंगको भालु बसिरहेको रहेछ । अब बाघ भालुलाई भन्छ -' हेर भालु भाइ यो स्वार्थी मान्छे मेरो सिकार हो, यसलाई १ लात्ति दिएर तल झार, म यसलाई रगत चुसेर यसको मुटु कलेजो खाएर अघाएर अन्तै जान्छु… पुरा पढौ

धैर्यको फल

गर्भवती मृगले जंगलमा बच्चा जन्माउन लागेकी थिई। ऊ एकान्त र सुरक्षित ठाउँको खोजीमा घुम्दै थिई। हिँड्दाहिँड्दै नदीको किनारमा अग्लो र बाक्लो घाँस देखी। उसलाई सो स्थान बच्चा जन्माउन उपयुक्त लाग्यो। त्यहाँ पुग्नासाथ उसलाई प्रसव पीडा सुरु भयो। ठीक त्यही समयमा आकाशमा कालो बादल मडारिँदै बिजुली चम्किन थाल्यो। मेघ गर्जनका साथ पानी पर्ने संकेत देखा प¥यो। उसले दाहिनेतर्फ हेरी त्यहाँ एउटा सिकारीले तीरको निसाना मिलाएर आफूतर्फ ताक्दै थियो। सिकारीको निसानामा पर्न लागेको देखेपछि आत्तिएर बायाँतर्फ फर्की। बायाँतर्फ एउटा भोकाएको बाघ लगभग… पुरा पढौ

सार्थक जीवन

एउटा सहरमा एकजना चित्रकार बस्थे। उनको नाम थियो राम। रामले एउटा सुन्दर तस्बिर बनाएर एउटा चल्तीको चोकमा राखे। चित्रको मुनि लेखिएको थियो ‘यो चित्रमा जसलाई जहाँ नमिलेको जस्तो लाग्छ, त्यहाँ चिनो लगाइदिनुहोस्।  जब उनले साँझ उक्त चित्र हेरे, पूरै चित्रभरि सबै ठाउँमा चिनो लागेर चित्र नै खराब भइसकेको थियो। यो देखेर उनी अत्यन्त दुःखी भए। के गर्ने सोच्नसम्म नि सकेनन्। दिक्क मनेर बसिरहेका थिए। त्यत्तिकैमा एकजना स्वामी त्यहीँ बाटो भएर कतै जाँदै थिए। चित्रकार रामलाई त्यस्तो हालतमा देखेर स्वामीले कारण सोधे।… पुरा पढौ

नीतिकथा कर्मको फल

परापूर्वकालमा हिमालय पर्वत सृङ्खला आसपास धर्मध्वज नामका राजा थिए । उनको नाम जस्तै काम पनि धार्मिक प्रकृतिको थियो । राज्यमा कुनै किसिमको रोग, भोक, शोक थिएन । देशवासी सुखी र समृद्ध थिए । उनकी असल स्वाभावकी एक सुन्दर कन्या थिइन्, जसको नाम तुलसी थियो । तुलसी राजकुमारी भइकन पनि सादा जीवन रुचाउँथिन् । सबैको भलो गर्थिन्, कुभलो सोच्नै जानेकी थिइनन् । दीन, दुःखीको उपकार, सँगीसाथीसँग मेलमिलाप, मातापिताको आज्ञाकारी उनको विशेषता थियो । तुलसी पढाइमा पनि अब्बल थिइन् । त्यतिबेला अहिलेको… पुरा पढौ

ज्यानको माया

एउटा जंगलमा खरायोले आरामका साथ आफ्नो दैनिकी कटाइरहेको थियो। उसका धेरै पुस्ताले सोही जंगलमा जीवन बिताएका थिए। खरायोको घर नजिकै पानीको सुन्दर पोखरी थियो। जंगलको वातावरण पनि स्वच्छ थियो। त्यहाँ कुनै डर, त्रास थिएन। तर एक दिन सोही बाटो हुँदै जंगलको राजा सिंह त्यहाँ आइपुग्यो। वरपर भेटेका साना जंगली जनावरलाई दुःख दिन थाल्यो र मार्दै खान थाल्यो। यो सबै दृश्य त्यो खरायोले पनि देखिरहेको थियो। स्वच्छ वातावरण भएकाले सोही स्थानमा बस्ने सिंहले पनि निर्णय गर्‍यो। सिंह आफ्नो घर भएको क्षेत्रमा… पुरा पढौ