प्रमुख समाचार

पोखरा फ्री बस जोन

पोखरा । पोखरा आज फ्री बस जोन हुने भएको छ । बसमा सवार गर्दा भाडा तिरिरहनु पर्ने झन्झट कम्तिमा पनि आजको लागि टरेको छ । नेपाली हिन्दुहरुको महान चाँड बडादशैंको टिकाको दिन आज पोखरामा निःशुल्क बस सेवा सञ्चालन गरिएको छ । पोखरा महानगरपालिका, स्थानिय प्रशासन र यातायात व्यवसायीहरुको सहकार्यमा पोखरामा दशैंको टिकाको दिन आज पोखरा महानगरभित्र निःशुल्क बस सेवा सञ्चालन गरिएको हो । दशैंको टीका लगाउन आवतजावत गर्ने यात्रुको यात्रा सहज बनाउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको… पुरा पढौ

पहिरोले एकेडेमीका ६ बालकको मृत्यु,अन्यको उद्दार

मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोमा बेपत्ता भएका सबै ६ जना बालकको मृत्यु भएको छ । सिस्नेरी नजिकको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ४० जना बालकमध्ये शनिबार बिहान पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका थिए । उनीहरु सबैको शव भेटिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए । उनका अनुसार ६ जना बालकको शव लिन नेपाली सेनाको हेलिकप्टर विद्यालयमा आएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वयमा नेपाली सेनाले बालकहरुको शव लिन हेलिकप्टर पठाएको थियो । बत्सलादेवी… पुरा पढौ

नेपाल भूपू खेलाडी मञ्चको अध्यक्षमा : गुरुङ

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा दिल बहादुर गुरुङ र महासचिबमा केशव पाठक सर्वसम्मत निर्वाचित भएका छन् ।  मञ्चको शनिबार पोखरामा सम्पन्न १३ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले उनीहरुसहित आगामी तीन वर्षका लागि २५ सदस्यिय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा खेम बहादुर गुरुङ, द्वितिय उपाध्यक्षमा कृष्ण तिमिल्सना, महासचिवमा केशव पाठक, सचिबमा महेश पौडेल, कोषाध्यक्षमा हरि बहादुर बरुवाल र सह–कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भए ।  त्यसै गरी… पुरा पढौ

रेफ्री कुट्ने २ जना खेलाडीलाई एन्फा कास्कीको कार्वाही

पोखरा । कास्की जिल्ला फुटबल संघ (एन्फा)ले रेफ्री कुट्ने २ जना खेलाडीलाई कार्वाही गरेको छ । पोखराको खेल कुञ्ज एरिनामा एच के परिवारको आयोजनामा २७ गते भएको खेलमा रेफ्री कुट्ने सचेत गुरुङ र प्रताप गुरुङलाई कार्वाही गरेको हो । भदौको २७ गते टाईगर क्याफे र चाउथे एफसि बिच भएको प्रि–क्वाटर खेलमा टाईगर क्याफेका खेलाडी सचेत गुरुङले विपक्षी टोलीका खेलाडी अमृत कुवँरलाई खुट्टा भाचिने गरि गरेको ब्याट टयाकलका कारण रेफ्रि सन्तोष गुरुङले सचेतलाई रेड कार्ड दिएका थिए । त्यही रेडकार्ड दिएको… पुरा पढौ

पलेशालाई पोखरामा सम्मान गर्नेको ओईरो

पोखरा । पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई पोखरामा सम्मान गर्ने संस्थाको ओईरो लागेको छ ।  पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई आज (आईतबार) पोखराको रङशालामा एक कार्यक्रम बिच विभिन्न संघ संस्थाले नगद सहित सम्मान गरेको हो ।   गण्डकी प्रदेश तेक्वान्दो संघ र कास्की जिल्ला तेक्वान्दो संघको संयूक्त आयोजना भएको सम्मान कार्यक्रममा पोखरा महानगरपालिकाले २ लाख २२ हजार २ सय २२ नगद  सहित सम्मान पत्रले सम्मान गरेको हो ।  नेपाली खेलदुद… पुरा पढौ

एआइपिएस एसिया र सिएमआर नेपाल बिच सम्झौता

काठमाडौं । एस एसिया र सिएमआर नेपालबीच खेल पत्रकार प्रशिक्षणका लागि सम्झौता भएको छ । एआइपिएस एसियाको २५औं एसिया कंग्रेसको अवसरमा बिहीबार दुई पक्षबीच सम्झौता खेलपत्रकार प्रशिक्षणका लागि सम्झौता भएको हो । एआइपिएस एसिया अध्यक्ष ही दोङ जङ र सिएमआर नेपालका निर्देशक उज्वल आचार्यबीच सम्झौता भएको हो । उक्त सम्झौताअनुरूप सिएआर नेपालले एआइपिएस एसियालाई हरेक सेसनमा दुई वटा खेलपत्रकार प्रशिक्षण कोटा प्रदान गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) आशिंक छात्रवृत्तिमा एआइपिएस एसियाले उक्त प्रशिक्षण कोटा प्राप्त गर्नेछ । पुरा पढौ

२३ औं संस्करणको आहारारा गोल्डकपमा करिब १६ लाख घाटा

पोखरा । सहारा क्लबले आयोजना गरेको २३ औ संस्करणको आहा रारा पोखरा गोल्डकप घाटामा गएको छ । बिहिबार सहारा क्लबले पोखरामा पत्रकार सम्मेलन गरि २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा १५ लाख ३३ हजार ९ सय ७ घाटा भएको जनाएकोे हो । नेपालमा आर्थिक मन्दी भएको कारण घाटा भएको पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष केशब बरालले बताए । सहारा क्लबले कोभिड जस्तो महामारीको समयमा फुटबल प्रतियोगिता आयोजना गर्दा पनि यति ठुलो रकम घाटा व्यहोरेको थिएन । आहा रारा गोल्डकप प्रतियोगिताको… पुरा पढौ

श्रीमानको खुकुरी प्रहारबाट श्रीमतिको मृत्यु

पोखरा । पोखरा महानगरपालिका ८ मा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कास्कीको अन्नपुर्ण गाउँपालिका १ नौंडाडा स्थायी घर भएका ४२ वर्षिय जहरसिंह कुवँरले आफ्नै श्रीमति ४० वर्षिया राधिका कुवँरलाई घाँटीमा र पेटमा खुकुरी प्रहार गरि घाईते बनाएको थियो । सामान्य विवाद हुदाँ पोखरा ८ कुवँरटोलमा रहेको आफ्नै डेरामा जहरसिंहले श्रीमतिलाई खुकुरी प्रहार गरेका हो ।खुकुरी प्रहारबाट घाईते भएका राधिकालाई उपचारको लागि पोखरा रामघाट स्थित पश्चिमाञ्चल अस्पताल ल्याई चेकजाँच गर्दा उनलाई चिकित्सकले मृत… पुरा पढौ

बीमा रकम दाबी गर्न आफ्नै पसलमा आगो लगाउने २ जना कारागार चलान (आगलागी भएको तस्विर सहित)

पोखरा । बीमा रकम दाबी गर्न आफ्नै पसलमा आगजनी गरेको अभियोग लागेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।  पोखरा महानगरपालिका–१७ निवासी ३६ वर्षीय सुजन गहतराज र ४३ वर्षीय पवन नेपाललाई जिल्ला अदालत कास्कीको आदेशअनुसार शुक्रवार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए। साउन १६ गते बिहान पोखरा–६ वैदामस्थित नारेश्वरमा डा थानेश्वर पहारीको घर भाडामा लिएर गहतराजले सञ्चालन गर्दै आएको मुक्तिनाथ सपिङ सेन्टरमा आगो लागेको थियो। अनुसन्धानमा उनीहरूले नै बीमावापतको रकम… पुरा पढौ

साफ यु-२० : फाइनलमा नेपाल पराजित

साफ यु-२० च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न फाइनल खेलमा नेपाल ४-१ गोलले पराजित भएको हो।  बंगलादेशको जितमा मिलजुल इस्लामले दुई, मोहम्मद रब्बी हुसेन र नोभाले समान १/१  गोल गरे ।  पहिलो हाफमा १ गोल्ले पछि परेको नेपाल दोस्रो हाफमा ३ गोल खान पुग्यो । नेपालका लागि समिर तामाङ्ले सान्त्वना १ गोल फर्काए । बंगलादेश का मिलजुलले पहिलो हाफको अन्त्यमा फ्रि-किक मार्फत गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । खेलको ५५औं मिलजुल इस्लामले अर्को… पुरा पढौ