मनोरन्जन

‘दिलसरा’ भदौ ३ गते प्रर्दशन हुदै

पोखरा । मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ यही भदौ ३ गतेदेखि पोखरामा औपचारिक रुपमा प्रदर्शन हुदैछ ।चलचित्रले मगर समुदायको बहुआयामिक सांस्कृतिक पक्षलाई उजागर गर्नुका साथै समुदायभित्र भएका विकृतिविसंगतिहरुलाई केलाएर अगाडि बढ्नुपर्छ भन्ने प्रेरणा दिने आशा निर्माण पक्षको रहेको छ । चलचित्र मुख्यतयःमगर समुदायको संस्कृतिमा आधारित भएपनि कथावस्तु भने देशमा महिलाहरुले संघर्ष गर्नुपर्ने बाध्यात्मक सामाजिक परिवेश र सफलताको ऐनाको रुपमा चित्रण गर्ने प्रयत्न गर्ने चलचित्रका निर्माता तथा कथा लेखक जुना थापामगरले बताइन् । “देशको अधिकांश हिस्सा हामी आदिवासी जनजाति समुदायले ओगटेका… पुरा पढौ

पोखरामा ‘चमेली’ कार्यक्रम हुने

पोखरा  । हरितालिका तीजको अवसरमा पोखरामा आगामी भदौ १५ मा ‘चमेली’ नाम दिएर महिला केन्द्रीत भव्य कार्यक्रमको तयारी गरिएको छ । महिला सशक्तिकरण र उद्यमशीलतालाई जोड दिएर पोखराको बुलौँदीस्थित पोखरा इभेन्ट सेन्टरमा एक दिनको कार्यक्रम हुने आयोजक एअरलाइन्स फ्लाइट एटेन्डी एकेडेमी इभेन्टस पोखराले जानकारी दिएको छ । ‘तिमी सुन्दर छौ हरेक तरिकाले, आफूलाई माया गर’ भन्ने नारा दिएर महिला र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय केन्द्रीत बहस, फेसन डिजाइनिङ र सांगीतिक प्रस्तुति हुनेछ । त्यसबाहेक महिलाले उत्पादन गरेका हस्तकला, कस्मेटिकको आठ… पुरा पढौ

चलचित्र पत्रकार संघ कास्कीले खोल्यो रिभ्यू बक्स

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीको २१ औं स्थापना दिवसका अवसरमा रिभ्यूू बक्स खोलिएको छ । संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पोखराका दुुई सिनेमा हल क्युुएफएक्स र मिडटाउनमा राखिएको रिभ्यूू बक्स खोलिएको हो । दुवै सिनेमा हलमा आएका दर्शक प्रतिक्रियालाई हेरेर लक्की ड्र मार्फत ८ जना विजेताको घोषणा गरिएको छ ।  विजेतालाई सिनेमा हलको तर्फबाट टिकट र पपकन, दमदार बिरायनी, क्लाउड नाइन रेष्टुरेण्टबाट खाजा र बन्जी नेपालको तर्फबाट बन्जीको व्यवस्था मिलाइएको छ । सो अवसरमा कास्कीको चलचित्र पत्रकारिताको अवस्था… पुरा पढौ

पोखरामा ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुदै

पोखरा । पोखरामा भदौ दोश्रो साता ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा आगामी भदौ १४ र १५ गते खुल्ला ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । पोखराको सभागृह हलमा आयोजना हुने सो प्रतियोगिता दुई दिन सम्म संचालन हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको हो । ‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने पोखरा सांगीतिक… पुरा पढौ

फलाँटेडाँडा एकदिने पदयात्रा: केही अनुभूति, केही झलक

बाजुङ-बाउसेबाट बिहान ६:०० बजे विश्व विशेष, अञ्जानबाबु र म फलाँटेडाँडा एकाएँ हिंडाइ (एकदिने पदयात्रा)का लागि निस्क्यौं, झोलामा केही बेलौंती, पानीको बोतल र छाता राखेर! खँदरा, भौरकवन, खोलाखेत-पातीखोला हुँदै देउराली-पूर्णगाउँ पुग्यौं, बिहान १०:३० बजे। पूर्णगाउँमा खाजा खाएर, खाजा खुवाउने गरुङसेनी आमाले झोलामा राखिदिएको टिमुर र ओखर झोलामा बोकेर हामी फेरि उकालो चढ्यौं। भेडीचरनको बाटो, भेडीबथान सँगसँगै र भेडामालिक लीलबहादुर मगरसँग गफ गर्दैगर्दै बाटो काट्यौं। पूर्णगाउँबाट उकालो चढेपछि गौंडागौंडामा, छपनी-छपनीमा र चौताराका सिंढीसिंढीमामा बिसाइ फेरिरह्यौं, यो उकालो जति कठिन थियो, त्योभन्दा कठिन… पुरा पढौ