नेपालका २ विद्यालयलाई स्टार रेटिङ फर स्कुल्स अवार्ड
काठमाडौं । नेपालका २ वटा बिद्यालयले स्टार रेटिङ फर स्कुल्स अवार्ड प्राप्त गरेका छन् । मोटर स्पोर्ट्स, अटोमोवाइल मोविलिटि, टुुरिजम तथा सडक सुुरक्षाको राष्ट्रिय संघ नेपाल अटोमोवाईल एसोशिएसन (नासा नेपाल)ले भियतनाममा अवस्थित AIP Foundation को सहयोगमा ए सेफ जर्नी टु स्कुल अभियान अन्तगर्त धुलिखेल, काभ्रेमा अवस्थित सञ्जीवनी नमुना माध्यमिक बिद्यालय र भैँसेपाटी, ललितपुरमा अवस्थित आदर्श सौलः युवक माध्यमिक विद्यालयको स्टार रेटिङ गरेको थियो । लण्डनस्थित इन्टरनेसनल रोड असेस्समेन्ट प्रोग्रामको म्यानुअलमा आधारिति सो रेटिङमा सञ्जीवनी नमुना माध्यमिक बिद्यालय र आदर्श सौलः…
पुरा पढौ
आइटी पढ्नेलाई पोखरा-१२ ले इन्टरनेट नि:शुल्क गर्दिने
पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ ले आइटी पढ्ने विद्यार्थीका लागि ईन्टरनेट नि:शुल्क गर्ने भएको छ । वडा कार्यालयले ल्याएको नीति अनुसार आइटी पढ्ने विद्यार्थीलाई निःशुल्क रुपमा ईन्टरनेटको सुविधा उपलब्ध गराएको हो । ईन्टरनेटको सुविधा प्राप्त भएपछि पढाईमा सहज हुनुका साथै अविभावकलाई आर्थिक भार समेत कम भएकोमा विद्दार्थीहरु दंग भएको एक विद्दार्थी प्रज्वल बास्तोलाले बताए । अहिले इन्टरनेटको माध्यमबाट देश विदेशमा भएका घटना तथा विषय वस्तुको जानकारी पाउन सहज छ । कतिपय ठाउँमा इन्टरनेटको पहुँच पनि छैन तर यहाँ…
पुरा पढौ
विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध ः मन्त्री थापा
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । १२ औं राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले विज्ञानलाई समाजको अनिवार्य अंगको रुपमा विकास गर्न आवश्यक रहेको बताए । “विज्ञानलाई समाजको अनिवार्य अंगको रुपमा विकास गर्न आवश्यक छ । नेपालको हावापानी र माटो सुहाउँदो आविस्कार चाहियो ।”, उनले भने । मन्त्री थापाले विज्ञान र प्रविधिले ल्याएका कुराहरुलाई सहि ठाउमा प्रयोग गर्न सके मात्र लाभ मिल्ने उल्लेख…
पुरा पढौ
माछापुच्छ्रे गाउँपालिकामा बाल संवाद कार्यक्रम सम्पन्न
पोखरा। माछापुच्छ्रे गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा “बालबालिकामा लगानी सुनिश्चितः भविष्यको थालनी” भन्ने नाराका साथ ६० औं राष्ट्रिय बाल दिवस २०८१ विषेश बाल संवाद कार्यक्रम शनिवार सम्पन्न भएको छ । नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ भदौ २९ गते अनुमोदन गरेको दिनलाई राष्ट्रिय बाल दिवसका रुपमा मनाइँदै आएको छ । संवाद कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक विद्मालयका विद्मार्थीहरुको प्रतिनिधिमुलक सहभागिता रहेको थियो । सहभागि विद्मार्थीहरुले आधारभुत आवश्यकताहरु माया, ममता, संरक्षण, स्वस्थ वातावरण,उचित पोषण, शिक्षा, शिक्षक र अध्यन्रत…
पुरा पढौ
डुम्रे साँस्कृतिक यूवा परिवारको बालकार्यक्रम
शम्भु श्रेष्ठ,, तनहुँ । बन्दिपुर स्थित डुम्रे साँस्कृतिक यूवा परिवारले बाल दिवसको अवसर पारेर आयोजन गरेको २ दिने बालकार्यक्रम आज (शनिबार) सम्पन्न गरेको छ । विधालय स्तरीय उक्त कार्यक्रममा कक्षा ६ देखि १० कक्षा सम्मका विद्यालथीहरु विच विभिन्न कार्यक्रमहरु संचालन गरिएको कार्यक्रम संयोजक अनमोल पियाले बताए । डुम्रे साँस्कृति यूवा परिवारले आफ्नो स्थापना कालदेखि नै संस्कृतिको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद आदि विषयहरुमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आई रहेको छ । “बालबालिकालाई गुणस्तरीय शिक्षा आजको आवश्यकता” भन्ने मुलनाराका साथ संचालन भएको…
पुरा पढौ
गण्डकीमा ‘बालबालिकासँग मुख्यमन्त्री’ पब्लिक फोकेले प्रत्यक्ष प्रशारण गर्ने
पोखरा । ६०औं राष्ट्रिय बाल दिवसको अवसरमा गण्डकी प्रदेशमा ‘बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानमा शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बालबालिकासँग मुख्यमन्त्री कार्यक्रममा सहभागी हुनेछन् । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा प्रदेश बाल परिषद्को सहकार्यमा हुने कार्यक्रममा शुक्रबार बिहान ८ बजेदेखि सुरु हुनेछ । बालबालिकाको सवाललाई प्रदेश सरकारले कसरी लिएको छ ? अघिल्लो वर्ष भएका बाचाको वस्तुस्थिति र आगामी दिनमा बालबालिकालाई प्रदेश सरकारले हेर्ने दृष्टिकोणलाई स्पष्ट पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मन्त्रालयकी महिला…
पुरा पढौ
दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला
पोखरा । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ १७ औं पुस्तकालय दिवस २०८१ को अवसरमा “पठन संस्कृतिको विकासमा पुस्तकालयको भूमिका ” विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । लेखनाथ क्षेत्रका १९ संस्थागत तथा सामुदायिक विद्यालयहरुका कक्षा ८,९र १० का २९ विद्यार्थीहरु सहभागी रहेको वक्तृत्वकला प्रतियोगितामा डायमण्ड माविकी अंकिता आचार्यले प्रथम स्थान हाँसिल गरिन् । प्रतियोगितामा जनप्रकाश मा विकी अनुसा काफ्ले दास्रो डायमण्ड कै स्वस्तिका देवकोटाले तेस्रो स्थान हाँसिल…
पुरा पढौ
नेपाली विभागमा छात्रवृत्ति वितरण
पोखरा । पृथ्वीनारायण क्याम्पस नेपाली विभागले विभागीय छात्रवृत्ति वितरण तथा साहित्यक परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ ।विभागले बिहीवार एक समारोहबीच छात्रवृत्ति वितरण र साहित्यकार तीर्थराज अधिकारीको नवौं कृति ‘यो कसको हात हो’ दोस्रो संस्करणको परिचर्चा एकैसाथ आयोजना गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि निमित्त क्याम्पस प्रमुख शंकरनाथ पौडेल, विभागीय प्रमुख डा. यमनाथ तिमिल्सिना, छात्रवृत्ति संस्थापक कृष्णप्रसाद पौडेल, राधादेवी पौडेल, तीर्थराज अधिकारी, सीतादेवी अधिकारीले संयुक्तरूपमा उक्त छात्रवृत्ति अर्पण गरे ।पूर्व विभागीय प्रमुख कृष्णप्रसाद पौडेलद्वारा आफ्ना बुबा शालिकराम पौडेलको स्मृतिमा स्थापित शालिकराम–कृष्ण पौडेल…
पुरा पढौ
सीप परिक्षण उतिर्ण पश्चात सही सदुपयोगको खाँचो : मन्त्री थापा
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सीप परिक्षण उतिर्ण पश्चात यसको सही सदुपयोग गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार मन्त्रालयमा नै आयोजना गरिएको सीप परिक्षण उतिर्ण परीक्षार्थीलाई प्रमाणपत्र वितरण कार्यक्रममा मन्त्री थापाले यस्तो बताएका हुन् । उनले सीप परिक्षण उतिर्ण गरेर प्राप्त सर्टिफिकेटलाई घरमा थन्काएर मात्र राख्न नहुने उल्लेख गरे । “सीप परिक्षण उतिर्ण गरेपछि प्राप्त सर्टिफिकेट घरमा राख्नु उचित होइन । आफुले सिकेको सीप अनुसार समाजमा रही सेवा प्रवाह गर्न आवश्यक…
पुरा पढौ
गण्डकीमा मन्त्रालयको सङ्ख्या नबढाउने पक्षमा एमाले
पोखरा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारमा एमालेको सहभागिताका विषयमा छलफल भइरहेको बताएको छ । शनिबार पोखरामा नेपाल बुद्धिजीवी परिषद गण्डकी प्रदेश कमिटीद्वारा प्रकाशित स्मारिका ुगण्डकी दर्पणको विमोचन समारोह बोल्दै अधिकारीले मन्त्रालयको सङ्ख्या लगायतका विषयमा कुरा मिल्न बाँकी रहेको बताए । एमालेले मन्त्रालयको सङ्ख्या ७ बाट बढाउन नहुने अडानमा कायम रहेको स्पष्ट पारे । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको जोडबल मन्त्रालयको सङ्ख्या बढाएर १२ सम्म पुर्याउनेमा रहेको देखिएको उनको सङ्केत थियो । केन्द्रीय…
पुरा पढौ