अर्थतन्त्र

गण्डकीमा ई–ड्राइभको सेवा विस्तार

पोखरा । प्रविधिको प्रयोगमा जोड दिदैं गण्डकी प्रदेशभर सेवा प्रदान गर्नेगरि ‘ई–ड्राइभ नेपाल’ को राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको छ । ई–ड्राइभ गण्डकी नेपाल र ई–ड्राइभ नेपालले सहकार्य गदैै राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको हो । गण्डकीका १० जना युवाको पहलमा एप सञ्चालनमा ल्याएको ई–ड्राइभले केही समयमै सेवा शुभारम्भ गर्नेछ । यात्रुले प्लेस्टोर र एपस्टोरको माध्यमबाटबाट ई–ड्राइभ नेपालको एप डाउनलोड गरेपछि अनलाइनबाट आवश्यकता अनुसार सवारीसाधन बुक गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएको ई–ड्राइभ गण्डकीका अध्यक्ष भीमसेन कार्कीले जानकारी दिए ।‘पहिलो चरणमा… पुरा पढौ

सेलवेजको विरौटा र प्रस्याङमा शाखा विस्तार

पोखरा । सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराका दुई ठाउँमा शाखा विस्तार गरेको छ । पोखरा र काठमाडौंका विभिन्न ठाउँमा शाखा विस्तार गरेर सेवा दिदै आएको सेलवेजले पोखरा १७ विरौटा र पोखरा ५ प्रस्याङमा शाखा विस्तार गरेको हो । दुई शाखा थपिए सगँ पोखरामा १० शाखा पुगेको छ । सेलवेजले सेल्सबेरी ब्राण्डमा समेत डिपार्टमेन्टल स्टोर संचालन गरिरहेको छ । सेलवेजले सेल्सबेरी गरेर ४० शाखा पुगेको व्यवस्थापक दयाल गिरीले बताए । विरौटा देखी छोरेपाटन, पुम्दीभुम्दीलाई लक्षित गरि विरौटा शाखा खोलिएको बताए । त्यसै… पुरा पढौ

गरिमा विकास बैंक लिमिटेड र नाट्टा बीच सम्झौता

पोखरा । गरिमा विकास बैंक लिमिटेड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशबीच सम्झौता भएको छ । नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई बैंकको विभिन्न प्रकारका कर्जाहरूमा सहुलियत सहितको सेवा उपलब्ध गराउन उक्त सम्झौता गरिएको हो । सम्झौता पत्रमा बैंकको तर्फबाट गण्डकी प्रदेश कार्यालय प्रमुख भोलाप्रसाद तिवारी र नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले हस्ताक्षर गर्नुुभएको छ । सम्झौता अनुसार नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई पाँच वर्षसम्म पाँच लाखसम्मको बैंक ग्यारेन्टी १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराइने नाट्टा गण्डकी… पुरा पढौ

किवानिजका युवाले चलाए बेरी लाउन्ज

पोखरा न्युरोडको लेखनाथ मार्गमा बेरी लाउन्ज एन्ड बार सञ्चालनमा आएको छ । केही महिनाअघि अनौपचारिक रुपमा सेवा सुरु गरेको बार शनिबार आयोजित समारोहमा नायिका वर्षा राउतले औपचारिक रुपमा उद्घाटन गरिन् । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संगठन किवानिज क्लब अफ पोखरामा आवद्ध युवाहरुको समूहले लाउन्ज सञ्चालन गरेको हो । क्लबका संस्थापक अध्यक्ष तथा किवानिज डिस्ट्रिक्टका लेफ्टिनेन्ट गभर्नर नवीन पौडेलले सय वर्षभन्दा लामो इतिहास भएको अन्तर्राष्ट्रिय क्लब किवानिज पोखराका मन मिल्ने युवा व्यवसायीले व्यावसायिक रुपमा अर्काे सहकार्य गरेको जनाए ।… पुरा पढौ

क्युआर कोड सेवा सोमबारबाट सञ्चालनमा ल्याइने

पोखरा, २७ असोज/ नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले सेवाग्राही तथा कर्मचारीबाट कारोबार गर्दा गरिने नगद रकमलाई विद्युतीय भुक्तानी माध्यमबाट लिन सकिने गरी क्युआर कोड सेवा सोमबारबाट सञ्चालनमा ल्याउने भएको छ । यससँगै नेपाल राष्ट्र बैंक पोखरा कार्यालयबाट सर्वसाधारणले विदेशी मुद्रा खरिद, सिक्का खरिद तथा नयाँ/सुकिलो नोट लिँदा क्युआर कोड मार्फत् भुक्तानी गरी कारोबार गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले माछापुच्छ्रे बैंक लिमिटेडसँग सम्झौता गरी सेवा सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका तर्फबाट निर्देशक… पुरा पढौ

पोखरा टुरिजम एन्ड हस्पिटालिटी मिटको तयारी पूरा

गण्डकी प्रदेशमा पर्यटनका सम्भावना खोज्न र पर्यटनका संघ, संस्था र सोही विषयको उच्च अध्ययन गरेका जनशक्तिलाई एक ठाउँमा ल्याउन विशेष कार्यक्रम गरिने भएको छ । सोमबार स्नातक र स्नातकोत्तरमा पर्यटन र आतिथ्यता अध्ययन गरिरहेका विद्यार्थी, विज्ञ र रोजगारदाताबीच छलफल र सम्भावनाको खोजी हुँदै छ । पर्यटन र आतिथ्य क्षेत्रका संघ, संस्था, रोजगारी प्रदायक र शैक्षिक क्षेत्रलाई एकै ठाउँमा ल्याएर त्यसका समस्या पहिचान गर्ने र सम्भावना खोज्ने उद्देश्यले मिट आयोजना गरिएको हो ।कार्यक्रममा प्राडा रमेशराज कुँवरले नेपालको पर्यटन हिजो, आज र… पुरा पढौ

कालीगण्डकीबासीलाई सित्तैमा बिजुली

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबैलाई २० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने भएको छ । गाउँपालिकाको बैठकले प्रत्येक घरधुरीले खपत गर्ने न्यूनतम २० युनिटसम्म बिजुली आफैंले भुक्तानी गर्ने निर्णय गरेको हो । गाउँपालिकाले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरी आर्थिक वर्ष २०७६÷७७ देखि ६÷६ महिनामा पालिकाभित्रका सबै घरधुरीमा खपत हुने न्यूनतम २० युनिट बराबरको रकम भुक्तानी गर्दै आएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । गाउँपालिकाको मुख्य सडक र सबै घर उज्यालो कार्यक्रम’अन्तर्गत गाउँपालिकावासीलाई न्यूनतम २० युनिटसम्मको बिजुलीको महसुल आफैले ब्यहोर्दै आएको हो… पुरा पढौ

गण्डकी प्रदेशको बजेट पारित

पोखरा ३०, असार गण्डकी प्रदेश सरकारको बजेट पारित भएको छ । विहिबार बसेको प्रदेश सभाको बैठकमा बहुमतले आर्थिक बर्ष २०७९÷०८० को बजेट पारित गरेको हो । अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले आर्थिक बर्ष २०७९÷०८० का लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट असार १ गते प्रदेश सभा बैठकमा पेस गरेका थिए । आगामी आर्थिक वर्ष २०७९÷८० का लागि विनियोजन गरिएको उक्त बजेट मध्य चालुतर्फ ३६ दशमलब ९२ प्रतिशत र पुँजीगत तर्फ ६१ दशमलब ६९ प्रतिशत रहेको थियो । गण्डकी प्रदेशको… पुरा पढौ

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार पारित भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको हो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जेठ २४ गते प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । २६ गतेबाट नीति तथा कार्यक्रममा माथि छलफल सुरु भएको हो । छलफलका क्रममा उठेका प्रश्नमाथि सोमबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिएलगत्तै नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत भएको थियो । गण्डकी प्रदेश… पुरा पढौ

पर्यटन प्रबद्र्धन गर्न नयाँ आकर्षण आवश्यक छः मन्त्री बराल

गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पर्यटन प्रबद्र्धन गर्न नयाँ आकषर्ण आवश्यक भएको बताउनु भएको छ । पोखरा २२ पुम्दी भुम्दी स्थित अर्चलवोट आमा समुहको सामुदायिक बहुउद्धेश्य भवनको मंगलबार एक समारोहका बिच शिलन्यास गर्दै मन्त्री बरालले अबको पर्यटन प्रबद्र्धन गर्न नयाँ आकषर्ण आवश्यक भएको बताउनु भएको हो । गाउँको विकासको लागि स्थानियले आफ्नो माटो सुहाउदो फलफुल तरकारी तथा माछा एवं मासु उत्पादन गरेर पनि आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनु भएको मन्त्री बरालले पर्यटकहरुलाई आकषर्ण गर्न स्थानिय… पुरा पढौ