वैकल्पिक पदमार्गहरुको पहिचान र विकास गर्न आवश्यक छः प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नयाँ र वैकल्पिक पदमार्गहरुको पहिचान र विकास गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ । ट्रेकिङ एजेन्सीज् एशोसियसन अफ नेपाल (टान), गण्डकीको ३१ औं वार्षिक साधारणसभा तथा १८ औं अधिवेशनका प्रमुख अतिथि भट्टले ग्रामीण सडकको अवैज्ञानिक विकास विस्तारसँगै सदियौँदेखि सञ्चालनमा रहेका पदमार्गहरू विस्तारै लोप हुँदै गइरहेको अवस्थामा वैकल्पिक पदमार्गहरु आवश्यक रहने बताउनुभएको हो । पर्यटकको बसाईं अवधि जति लम्ब्याइयो उति नै मुलुकलाई फाइदा हुने उहाँको भनाई छ । ‘‘गण्डकी प्रदेशको राजधानी पोखरा मुलुककै पर्यटकीय राजधानी…
पुरा पढौ
निजी क्षेत्रको समस्या सम्बोधन गर्न प्रदेश सरकार तयार : मन्त्री थापा
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले निजी क्षेत्रको पीरमर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । पृथ्वी होटल व्यवसायी समितिले शनिबार आयोजना गरेको वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । “ म आफु पनि व्यवसायिक क्षेत्रबाट राजनीतिमा आएको हुँ । व्यवसायीका पीरमर्का सँग जानकार छु । नीजि क्षेत्रले भोग्नुपरेका पीडाको विषयमा अवगत छु । व्यवसायी मैत्री कानून निर्माणमा प्रदेश सरकार लागिरहेको छ ।”, उनले भने । नीजि क्षेत्रसँगै सरकार हातेमालो…
पुरा पढौ
स्थानिय प्रशासनले संघसंस्थासंग सहकार्य गर्छ : प्रजिअ पाण्डे
पोखरा । स्थानिय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले समाज सेवाका क्षेत्रमा लायन्स लगायतका संघ संस्थासंग सहकार्य गरेर अगाडी बढ्न स्थानिय प्रशासन तयार रहेको बताएका छन ।लायन्स क्लव अफ पोखरा अन्नपूर्ण सहितका तीन वटा क्लवले आयोजना गरेको संयुक्त पदस्थापन समारोहको प्रमुख अतिथिको तर्फबाट मन्तब्य राख्दै प्रजिअ पाण्डेले दैविबिपक्ति लगायत समाज सेवामा सक्रिय लायन्ससंगको सहकार्यमा सामाजिक कार्य गर्न स्थानिय प्रशासन तयार रहेको बताएका हुन् । उनले बाढीपहिरो, भूकम्प, कोभिड संक्रमण लगायत विभिन्न आकस्मिकरुपमा हुने दैविप्रकोपमा लायन्स क्लवहरुले गरेको सहयोगको प्रशंसा गरे…
पुरा पढौ
सर्वेश्वर–पराजुली मार्गमा ‘दशैं उत्सव’ कार्यक्रम गरिने
पोखरा । पोखराको सबैभन्दा सस्तो र ठूलो होलसेल बजार सर्वेश्वर–पराजुली मार्गमा दशैं उत्सव कार्यक्रम गरिने भएको छ । चीन, भारत, थाइल्याण्डलगायतका देशबाट सिधै सामान ल्याएर काठमाडौं भन्दा सस्तो मूल्यमा होलसेल सामान बिक्री गर्दै आएका सर्वेश्वर–पराजुली मार्गका व्यवसायीहरुको छाता संस्था सर्वेश्वर व्यवसायी समितिले नेपालीको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वत, छठलगायतका पर्वहरु लक्षित गरेर ‘दशैं उत्सव’ कार्यक्रम गर्न लागेको हो । कार्यक्रमको तयारी स्वरुप समितिले शुक्रबार साँझ स्थानिय व्यवसायीसँग छलफल तथा अन्र्तक्रिया गरेको छ । कार्यक्रममा दशैं उत्सवसँगै व्यापार प्रवद्र्धनका लागि…
पुरा पढौ
पोखरामा सांगीतिक कार्यक्रम ‘रेन्टरटेनमेन्ट’हुने
पोखरा । पोखरामा सांगीतिक कार्यक्रम तथा डान्स पार्टी ’रेन्टरटेनमेन्ट’ आयोजना हुने भएको छ । वर्षेनी झरीको मौसमको छेको पारेर व्यञ्जन रेस्टुरेन्टले गर्दै आएको मनोरञ्जनात्मक कार्यक्रमको छैटौं संस्करण आउँदो शुक्रबार लेकसाइडस्थित व्यञ्जनमा र शनिबार पामेस्थित दि बिच बारमा हुने कुरा आयोजकले बताए । कार्यक्रममा सहभागीले लाइभ म्युजिक, डान्स, फेशन सो र झरीको फ्युजन महशुस गर्न पाउने व्यञ्जनका व्यवस्थापक तथा कार्यक्रम संयोजक मनोज भट्टले बताए । ’ग्राहकहरुको लागि मनोरञ्जनको प्याकेज हुने नै भयो, सँगै यस इभेन्टले आन्तरिक मात्रै नभएर बाह्य पर्यटकलाई समेत…
पुरा पढौ
क्याटवाकको वार्षिकोत्सवमा नि:शुल्क आँखा जाँच
पोखरा । क्लब क्याटवाकले आफ्नो दोस्रो वार्षिकोत्सवमा नि:शुल्क आँखा परिक्षण एंव रक्तदान लगायतका कार्यक्रम गरि मनाएको छ । क्लबले सामाजिक उत्तरदायित्व बहन गर्दै सञ्चालनको दोस्रो वर्ष पुरा गरेको अवसरमा निशुल्कआँखा शिविर तथा रक्तदान लगाएतका कार्य गरेको हो । पोखरा ६ लेकसाइडमा गरिएको निशुल्क आँखा परिक्षणबाट १ सय २१ जनाले स्वास्थ्य लाभ लिएका र रक्तदान कार्यक्रमबाट ६९ युनिट रगत संकलन भएको क्लब क्याटवाकका सञ्चालक गुप्त लामाले जानकारी दिए । क्लबले यस विद्याश्रममा खाद्यान्न वितरण, सरकारी विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई पोसाक,…
पुरा पढौ
युरो,पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य बढ्यो
नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा अरु धेरै विदेशी मुद्राको मूल्य बढेको छ भने बहराइन दिनारको मूल्य भने थोरे घटेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ। हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४७ रुपैयाँ ७९ पैसा…
पुरा पढौ
पोखराबाट अन्तराष्ट्रिय उडान भर्ने सरकारको निर्णयले व्यवसायी उत्साहित
पोखरा । पोखराबाट अन्तराष्ट्रिय उडान भर्ने बारे मन्त्रिपरिषदको बैठकले गरेको निर्णयले पोखराका पर्यटन व्यवसायी उत्साहित बनेको छन । पोखरा पर्यटन परिषदले आज (आइतबार) पत्रकार सम्मेलनमा सरकारले गरेको निर्णयलाई स्वागत गर्दे कार्यान्वयन हुनेमा आशावादी रहेको कुरा बताएका छन । पोखराबाट भर्ने उडानमा भ्याट छुट,हवाई इन्धनमा छुट लगायतका विभिन्न छुटका स्किम राखेकोले पोखरा अन्तराष्ट्रिय एअरपोर्ट बिजी हुने कुरामा ढुक्क रहेको पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठले बताए । सरकारले निर्णय गरेको विभिन्न स्किमहरु कार्यान्यन भए अन्तराष्ट्रिय उडानका लागि धेरै हवाई कम्पनीहरु…
पुरा पढौ
सिटिवानले तीज गीत मेला गर्ने
पोखरा । सिटिवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर यस वर्ष पनि सास्कृतीक तीज गीत प्रतियोगिता गर्ने भएको छ । “तीजको वेला सिटीवानको सास्कृतीक मेला, तेस्रो खुल्ला तीज गीत प्रतियोगिता–२०८१” नाममा टेलिभिजनले तीजका सास्कृतीक पक्षहरुको संरक्षण गर्ने उद्धेश्यले मेला आयोजना टेलिभिजनले जनाएको हो । टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले पछिल्लो समयमा डिजिटल प्रविधिको प्रयोकका कारण नेपालीहरुका कतिपय संस्कृतीहरु लोप हुन लागेको भन्दै सवैको संस्कृती संरक्षणमा टेलिभिजन लाग्ने धारणा राख्नुभयो । पहिलो र दोस्रो सस्करणको अपार सफलता पछि यही भाद्र १५…
पुरा पढौ
अंशुभरा लेकसाइडमा “३१ एभिन्यु” आउँदै
पोखरा । अंशुभरा ग्रुपले पोखराको पर्यटकीय स्थल लेकसाइडमा नयाँ प्रोजेक्ट सुरु गर्ने भएको छ । पोखरा महानगरपालिका–६ को बाराही चोकमा अंशुभराले ‘मिक्सड युज ब्लिडिङ’ बनाउन लागेको हो । अंशुभराका प्रबन्ध निर्देशक सौगात थापाले केही महिनामै प्रोजेक्ट सम्पन्न भएर सञ्चालनमा आउने बताए । पर्यटकीय केन्द्रको आकर्षण रहेको बाराही चोकमा हाल निर्माणाधीन अवस्थामा रहेको उनले जानकारी दिए । उनका अनुसार अंग्रेजी नयाँ वर्षको अवसरमा उक्त प्रोजेक्ट सुचारु हुने छ । ‘यो निर्माण भइरहेको प्रोजेक्ट नेपालमा फरक प्रकृतिको हो । नयाँ मोडलको व्यावसायिक भवनले…
पुरा पढौ