अर्थतन्त्र

बालबालिका राष्ट्रनिर्माणका लागि मानव पूँजी हुन्ः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिका राष्ट्र निर्माणका लागि मानव पूँजी रहेको बताउनुभएको छ ।  कास्कीको माछापुच्छ्रे ५, रिभान स्थित निष्पक्ष मावि प्रांगणमा आयोजित मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानको शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले बाल अधिकारको संरक्षण नै सुसंस्कृत परिवार, सभ्य समाज र समृद्ध मुलुक निर्माणको जग रहेको उल्लेख गर्नुभयो ।  संविधानले बालबालिकाको मौलिक हकलाई प्रत्याभूत गरेको र सबै बालबालिकालाई  साक्षर बनाउने अभियानमा सरकार निरन्तर लागिरहेको बताउँदै उहाँले असल अभिभावकत्वले मात्र बालबालिकाको भविष्य र शिक्षामा सुधार… पुरा पढौ

ओम सहकारीको १६ औं वार्षिक साधारण सभा सम्पन्न   

पोखरा । ओम बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ ।  शनिबार पोखरा– २  मिरुवा स्थित सहकारीको १६ औं वार्षिक साधरण सभा सम्पन्न भएको हो । साधरणसभाको पोखरा – २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्गले उद्घाटन गरे ।  कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १ का वडाध्यक्ष सहारा प्रधान, निवर्तमान अध्यक्ष तथा सल्लाहकार संयोजक विष्णुप्रसाद अधिकारी, पूर्व अध्यक्ष भरतराज अधिकारी, संस्थापक कोषाध्यक्ष राजु अधिकारी, सञ्चालक समिति सदस्य गोमा सुवेदी लगायतले सहकारीले पुर्याएको योगदानको विषयमा बोलेका थिए… पुरा पढौ

‘क्रस कन्ट्री दौड प्रतियोगिताको कात्तिक २४ गते हुने

पोखरा । ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता पर्यटनको राजधानी पोखरामा कात्तिक २४ गते हुने भएको छ । पोखरा लेकसाईडस्थित बाराहीघाटबाट विभिन्न चारवटा विधामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रतियोगिता बिहान साढे ८ बजे शुरु हुनेछ । दैडमा सहभागि हुनेहरु तथा अवलोकनकर्ताहरु बिहान ७ बजे प्रतियोगितास्थलमा पुगिसक्नु पर्नेछ । हिमालयन टुरिजम फोरमले चीनिया राजदुतावास, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, चेम्बर अफ कमर्स, होटल संघ नेपाल पोखरा, पोखरा पर्यटन परिषद, युवा परिषद, नेपाल… पुरा पढौ

तिहारमा स्वदेशी फूलको प्रयोग गर्न कृषि मन्त्री श्रेष्ठ आग्रह

पोखरा । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जि.सी श्रेष्ठले स्वदेशी उत्पादन प्रयोगमा जोड दिन आग्रह गरेकी छिन् । स्वदेशी उत्पादनको प्रयोगले व्यवसायी, उद्योगी, श्रमजीविसँगै देशको अर्थतन्त्रलाई समेत उत्साह दिने भएकाले उपलब्ध भएसम्म स्वदेशमै उत्पादित सामाग्रीहरु प्रयोग गर्न जोड दिएकी हुन् । सोमबार देखि पोखरामा सुरु भएको आठौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशीक पुष्प मेला २०८१ को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भनिन्,‘उपलब्ध भएसम्म हामीले अब स्वदेशी उत्पादन प्रयोगमा जोड दिनुपर्छ । यसले उत्पादनमा जोडिनुहुनेलाई उत्साह… पुरा पढौ

आर.एस.बिच क्लबले बिच एण्ड फिस फेस्टिभल गर्ने

पोखरा । पोखरा महानगरपालिका २५ मा रहेको आर.एस.बिच क्लबले बिच एण्ड फिस फेस्टिभल गर्ने भएको छ । शनिबार आर.एस.बिच क्लबले हेम्जाको अमबोट बिच फुटबल मैदानमा पत्रकार सम्मेलन गरिे फेस्टिभल बारे जानकारी दिएको हो । पोखरा महानगरपालिका २५ हेमजा कास्की स्थित एैतिहासिक महत्व बोकेको अम्मट गुफा लगायतका ऐतिहासिक धरोहरहरुको प्रचार प्रसारको अभावले प्रवद्धन हुन नसकेकोले उक्त स्थानहरुको प्रचार प्रसार गर्ने उद्धेश्यले फेस्टिभल आयोजना गर्न लागेको आर.एस.क्लबका अध्यक्ष रमेश कार्कीले बताए । कार्तिक ९ गते देखि सुरु हुने उक्त फेस्टिभलमा बल्छि हान्ने… पुरा पढौ

चापापानी सिद्धार्थ सहकारीको साधारणसभा सम्पन्न

पोखरा । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १२ पुरानोधाराको पन्धौ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा वोल्दै प्रमुख अतिथि भूमी, कृषि तथा सहकारी मन्त्रालय सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका सूचना अधिकारी चोलाकान्त वाग्लेले सहकारीलाई राम्रो र हाम्रो बनाउने हो भने वित्तीय सूचांक मासिकरुपमा नियाल्न सेयर सदस्यलाई आग्रह गरेका छ्न । अहिले बजारमा नाफाको पछि हिडेका सहकारीहरू जोखिममा रहेका बताउदै उनले चापापानी सहकारीको वितिय अवस्था हेर्दा निकै मजबुत रहेको बताए । कार्यक्रममा पोखरा महानगरपालिका २८ का वडा… पुरा पढौ

सेतीमदीको १४ औ वार्षिक साधारण सभा

पोखरा । पोखरा महानगरपालिका २ मिरुवा स्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो १४ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । पोखरा महानगरपालिका २३ र २८ वाहेक ३१ बटा वडाहरु, माछापुच्छ्रे गाउँपालीका वडा नंम्बर ६ र ७, अन्नपूर्ण गाउँपालीका वडा नंम्बर १,२,३ कार्यक्षेत्र रहेको सहकारीको कुल शेयर पूँजी चार करोड १२ लाख ५५ हजार एक सय रहेको कोषाध्यक्ष दुर्गा प्रसाद अधिकारीले जानकारी दिए । कास्की बचत तथा ऋण सहकारी संघ लि. का कार्यवाहक अध्यक्ष ईश्वर प्रसाद सुवेदीको… पुरा पढौ

अनमोल सहकारीको १३ औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा । छोरेपाटनमा रहेको अनमोल वचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि कास्की बचत तथा ऋण सहकारी सङ्घका निर्वतमान अध्यक्ष तथा सामाजिक व्यक्तित्व भेषराज बरालले उद्घाटन गर्दै सहकारीले आफ्नो उद्धेश्य अनुरुप संचालन हुनुपर्ने वताउँदै शेयर सदस्यहरु नै सहकारीका प्रथम अभिभावक भएकाले आफ्नो जिम्मेवारी निभाउनु पर्ने बताए । विशेष अतिथि कोप्सका अध्यक्ष डिल्लीराम वरालले स्थानिय सहकारीहरु बिच सहकार्य गर्दै अगाडि बढ्नुपर्ने वताए । सहकारीका सात सिद्घान्त वाचन शिक्षा उपसमिति संयोजक… पुरा पढौ

मोबाईल टावरमा सामान खरिद गर्दा उपहारै उपहार

पोखरा । पोखराको महेन्द्रपुलमा रहेको पोखरा मोबाईल टावरले दशै तिहारका लागि उपहारै उपहारको बम्पर योजना सुरु गरेको छ । यो योजना अन्तरगत राइसकुकर,टिभि देखि स्कुटर सम्मको उपहार रहेको 'मोबाईल मेला २०८१' का संयोजक बुद्धि थापाले बताए । यो बम्पर योजना अन्तरगत प्रथम हुनेलाई ३२ इन्चकोे टिभि र द्धितिय हुनेलाई एसी कुलर,तेस्रो हुनेलाई १० इन्चको ट्रोल्ली स्पीकर र सान्त्वना पुरस्कारमा राईस कुकर रहेको छ । त्यस्तै प्रत्येक महिना १० जनालाई आर्कषक पुरस्कारको व्यवस्था रहेको मेला संयोजक थापाले जनाएको छ । गण्डकी… पुरा पढौ

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले पर्यटन दिवस मनाउँदै

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७ रातोपहिरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले भव्य रुपमा अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउने भएको छ । संग्रहालयले पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् शुक्रबार आउने सबैलाई प्रवेश टिकटमा २५ प्रतिशत छुट दिने जनाएको छ । शुक्रबार संग्रहालय भ्रमणका लागि आउने पहिला व्यक्ति वा समूहलाई भव्य स्वागतसहित टिकट शुल्कसमेत नलिइने संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिइन् । पर्वतीय पर्यटन, संस्कृति र सभ्यताको खुला पठाशाला बनेको यो संग्रहालय बिहान साढे ८ बजेबाट साँझ साढे ५ बजेसम्म खुला… पुरा पढौ