Author Archive

कृषि एम्बुलेन्स चलाउँदै गण्डकी सरकार -मन्त्री शर्मा (भिडियोसहित)

कृषि एम्बुलेन्स चलाउँदै गण्डकी सरकार पुँडिटार र नबलपुरमा औद्योगिक क्षेत्र बनाइने -मन्त्री शर्मा मणिभद्र शर्मा, मन्त्री पर्यटन, उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्रालय Presenter : राम प्रसाद घिमिरे https://www.youtube.com/watch?v=NAHsLwzr2M8 पुरा पढौ

चिसोमा तरुल खानुको मज्जा छुट्टै, फाइदा विछट्टै

तरुल चिसो मौसममा नै फल्ने गर्छ र यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तरुल गर्मी प्रदान गर्ने तरकारी भएकाले यसलाई चिसो मौसमका लागि निकै उत्कृष्ट खानेकुरा मानिन्छ । चिसो मौसममा तरुल खानुका फाइदाबारे जानकारी लिऔं । फाइबरयुक्तः तरुल फाइबर अर्थात् रेशाले भरिपूर्ण हुन्छ त्यसकारण यो पेटका लागि निकै फाइदाजनक मानिन्छ । फाइबरयुक्त खानेकुराको सेवनले आन्द्राको फोहोर सफा हुन्छ जसका कारण खाना राम्रोसँग पच्छ । त्यसकारण तरुल खाँदा तपाईंको पाचनक्रियासँग सम्बन्धित सबै समस्या समाप्त हुन्छ जस्तै कब्जियत, अपच, ग्यास अदि… पुरा पढौ

चुहिने टपरी टाल्ने कि फाल्ने?

म प्राथमिक बिद्यालयमा पढदै गर्दा नेपालमा पञ्चायति ब्यबस्था किशोर उमेरको थियो। मेरो बाल मस्तिषमा पञ्चायति ब्यबस्था भनेको कुनै फलफुल वा अन्नको जात होला जस्तो लाग्दथ्यो। किनभने पञ्चयती ब्यबस्था नेपालको हावा-पानी र माटो सुहाउदो ब्यबस्था हो भनिथ्यो। किसानहरुको कुराकानी सुन्दा  हावा-पानी र माटोको कुरा कुनै अन्न वा बिरुवा सँग सम्वन्धित हुन्थ्यो। “वर्ग समन्वय”को धरातलमा “हुकुम”बाट सन्चालित त्यो ब्यबस्था बयस्क उमेरमै अवसान भयो। ब्यबस्थाको त अवसान भयो तर पनि हावा, पानी र माटो सुहाउदो (जनता सुहाउदो होईन) ब्यबस्थाका अवसानको रुपमा रहेका प्रबृती… पुरा पढौ

विजयको योगदानको सम्झना

पोखरामा बिहीबार आयोजित कार्यक्रममा तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धका क्रममा सहिद बनेका विजय ढकालको सम्झना गरिएको छ । उनको १७ औं स्मृति दिवसमा बिहीबार साँझ पोखरा ६ सहिद पार्कमा दीप प्रज्वलन गरिएको छ । उनको २०६१ पुस २९ निर्मलपोखरीको साम्मीमा सुरक्षाकर्मीले हत्या गरेका थिए । विजयकी आमा पारु ढकालले उनको शालिकमा पुष्पार्पण गरिन् । माओवादी केन्द्रका नेता विश्वप्रकाश लामिछानेले विजयहरुकै योगदानको जगमा अहिलेको परिवर्तन सम्भव भएको बताए । उनले सहिद, बेपत्ताका सपना अझै पूरा नभएकाले उनीहरुले देखाएको बाटोमा दृढतापूर्वकअघि… पुरा पढौ

लकडाउन होइन, स्मार्ट लकडाउन हुन सक्छ

सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरू बन्द गराएको छ । सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै यही पुस २६ गतेबाट गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूमार्फत् सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि ८ बुँदे आदेश जारी गरेको छ । सङ्क्रमण बढ्दै गएको अवस्थामा सरकारले गरेका पछिल्ला निर्णयले फेरि पनि बन्दाबन्दी (लकडाउन) हुने हो कि भन्ने चिन्ता आम सर्वसाधारणमा… पुरा पढौ

गोरखाका ३ ठाउँमा बालुवा उत्खनन् र बागलुङमा तामा उत्खननका लागि अनुमति

खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो । विभागका अनुसार धादिङको तान्द्राङगढी र जुरेथुममा चुनढुङ्गा उत्खननका लागि अनुमति प्रदान गरिएको छ । तान्द्राङगढीमा सर्वोत्तम सिमेन्ट र जुरेथुमममा शक्ति सिमेन्ट उद्योगलाई उत्खननका लागि अनुमति प्रदान गरिएको विभागका प्रवक्ता जयराज घिमिरेले जानकारी दिनुभयो । यसैगरी, भीमफेदीको मार्बल उत्खननका लागि अरिटेन्ट मिनलर… पुरा पढौ

एकै दिन २,४४४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ ८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २,४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एकजनाको मृत्‍यु भएको छ भने ३१३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३३ हजार ८९४ पुगेको छ… पुरा पढौ

मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन्। नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत पाएका हुन्। मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत आएको छ। आजको मतदानमा १०४ जना सांसद उपस्थित थिए। विपक्षमा जम्मा ४३ मत आएको छ भने तटस्थ २ मत आएको सभामुखले प्रदेश सभामा जानकारी गराएका थिए। नेकपा एमालेले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएको थिएन। यस्तै विवेकशील साझा र नेमकिपाले पनि मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएको थिएन। नेकपा (एकीकृत समाजवादी)का पाण्डे… पुरा पढौ

मुख्यमन्त्रीको चाहाना : त्रिवेणी – कोरोला कनेक्सन

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको लाइफलाइनका रुपमा परिचिन त्रिवेणी कोरोना कनेक्सनका लागि प्रदेश सरकारले हरसम्भव प्रयास गरेको बताए छन् । जिल्लका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा उनले डेढगाउँदेखि झ्यालवास खण्ड डबल लेनको बनाउनका लागि ठेक्का लागिसकेको भए पनि दुम्कीबासदेखि त्रिवेणी खण्डमा नै अवरोध भएको भन्दै उनले यसको पनि समाधान खोजिने भनाइ राखे । चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा यो सडक खण्डको ८ किलोमिटर पर्छ । उनले भने, ‘दुम्किबासबाट त्रिवेणीका लागि हिजोको सरकारले पैसा छुट्यायो, निकुञ्जका कारणले काम गर्न… पुरा पढौ

एनआरएनएको महाधिवेशन तथा चुनाव छिटो गर्न आचार्यको माग

सन् २०२१-२३ कार्यकालका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले हाल रोकिएको संघको दशौँ महाधिवेशन तथा चुनाव तत्काल गर्न माग गरेका छन् । तिहार, नेपाल संवत्, छठ तथा ल्होसारको अवसरमा टिम कुलद्वारा शुभकामना आदानप्रदान गर्न शुक्रबार भर्चुएल माध्यमद्वारा आयोजित खुला डबली विशेषलाई सम्बोधन गर्दै आचार्यले भने, “आफुले गर्नु पर्ने काम नगरेर, अरुलाई दोष लगाउन खोज्दा चुनाव अनिश्चित बन्न पुगेको छ। जति सक्दो चांडो दशौँ महाधिवेशन र चुनाव गराउनु पर्छ भन्ने हाम्रो माग छ,’ उनले भने,… पुरा पढौ