मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

-


     नयाँ लिपि    
     कार्तिक २२ गते २०७८ मा प्रकाशित


बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन्।

नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत पाएका हुन्।

मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत आएको छ। आजको मतदानमा १०४ जना सांसद उपस्थित थिए। विपक्षमा जम्मा ४३ मत आएको छ भने तटस्थ २ मत आएको सभामुखले प्रदेश सभामा जानकारी गराएका थिए।

नेकपा एमालेले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएको थिएन। यस्तै विवेकशील साझा र नेमकिपाले पनि मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएको थिएन।

नेकपा (एकीकृत समाजवादी)का पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, सम्मिलित गठबन्धनबाट गत कात्तिक १२ मा मुख्यमन्त्री भएका थिए।