इनर ह्वील अन्नपूर्णको अध्यक्षमा अनिता

पोखरा । इनर ह्वील क्लब अफ अन्नपूर्णको अध्यक्षमा अनिता पराजुली अधिकारी चयन भएकी छिन । संस्थाको १७ औँ पदस्थापना कार्यक्रम अन्तर्गत २६२७ का लागि अनिता अध्यक्षमा निवावाचित भएकी हुन ।

वर्ष २५/२६ का अध्यक्ष इनर ह्वील अन्जु चालिसेले वर्ष २६/२७ का नवनिर्वाचित अध्यक्ष अनिता पराजुली अधिकारीलाई पद हस्तान्तरण गरेकी हुन ।

उपाध्यक्षमा सम्झना तिमिल्सिना, सचिवमा मुना राना कोइराला, कोषाध्यक्षमा मिना बराल चयन भएकी छिन ।

त्यस्तै जोइन्ट सेक्रेटरीमा सिलु चालिसे, आईएसओ शिबु आचार्य अधिकारी, क्लब इडिटरमा तुलसा चापागाईं र बोर्ड मेम्बरमा आनन्द बराल निर्वाचित भएका छन ।

कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट ३५० नेपालका अध्यक्ष डा.सृष्टि श्रेष्ठ प्रजापतिले समारोहको उद्घाटन गर्दै मनै बाट सेवा भावना सहितको नेतृत्व, इनर ह्वीलका लिडरहरूले ध्यान दिनुपर्ने विषय वस्तु तथा स्वास्थ्य, वातावरण र नेतृत्व विकास गर्नका लागि विभिन्न कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिईन ।

कार्यक्रममा पूर्व डिस्ट्रिक्ट एनआर तथा इनर ह्वील क्लब अन्नपूर्णका चार्टर प्रेसिडेन्ट सर्सिज पालिखे,विभिन्न क्लबका अध्यक्ष लगायत मन्तव्य राखेका थिए ।

संयोजक तथा पूर्व अध्यक्ष इनर ह्वील सन्ध्या कुँवरले स्वागत गरेको उक्त कार्यक्रममा इनर ह्वील सचिव मुना राना कोइरालाले धन्यवाद र पूर्व अध्यक्ष इनर ह्वील सजिना न्यौपानेले कार्यक्रम सञ्चालन गरेकी थिइन ।

Scroll to Top