स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्पर्कविहीन कर्मचारीलाई १५ दिनभित्र हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ ।
नेपाल स्वास्थ्य सेवा ऐनको दफा ७४(१)(ज) बमोजिम बिदा स्वीकृत नगराई लगातार ६० दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य कमर्चारीलाई मन्त्रालयले १५ दिनभित्र सम्पर्कमा आई आफ्नो सफाइ पेस गर्न निर्देशन दिएको छ ।
अन्यथा भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय गर्ने चेतावनी दिइएको छ ।
सूचनाअनुसार वीर अस्पतालका १३ जना, राष्ट्रिय क्षयरोग केन्द्रको एक, टेकु अस्पतालको २, कान्ति बाल अस्पतालको ६ र आर्युवेद चिकात्सालयका १ जना स्वास्थ्यकर्मी सम्पर्कविहीन छन् ।








