विमानस्थलबाट २ किलो सुनसहित समातिए दुई चिनियाँ महिला

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनसहित दुई चिनियाँ महिला पक्राउ परेका छन् ।

हङकङबाट क्याथे प्यासेफिकको विमानमा गएराति आएका उनीहरूलाई मङ्गलबार राति नै पक्राउ गरिएको हो ।

मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याइएको सुनजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता ढुण्डीराज नेउपानेले जानकारी दिए ।

बरामद वस्तुको परीक्षण तथा अनुसन्धान भइरहेको छ ।

Exit mobile version