क्रिकेटर मोहम्मद आदिल आलमले अब मधेश प्रदेशको सट्टा नेपाल आर्मी क्रिकेट टिमबाट खेल्ने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो क्रिकेट करियरको महत्वपूर्ण निर्णय सार्वजनिक गर्दै आदिलले मधेश प्रदेशबाट खेल्ने क्रममा पाएको माया, विश्वास, सम्मान र साथप्रति समर्थक तथा शुभचिन्तकहरूलाई धन्यवाद दिएका छन्।
अनिल शाहको कप्तानीमा सोमबार दशौँ राष्ट्रिय खेलकुदको लागि मधेशले घोषणा गरेको टोलिमा आदील आलमको नाम समाबेश गरिएको छैन।
आफ्नो नाममा प्रदेशमा नसमेटिएपछि उनी आर्मीमा गएका हुन् । हालै सम्पन्न एनपीएलमा उनको प्रदर्शन बिर्सन लायक थियो ।
दशौँ राष्ट्रिय खेलकुदको लागि मधेश प्रदेश टोलि:
अनिल शाह (कप्तान), पवन सर्राफ, अरनिको यादव, रन्जित कुमार, बिशाल सुश्लिंग (उपकप्तान), मयान यादव, अभिषेक तिवारी, शैलेन्द्र शाह, बिशाल पटेल, रुपेश सिंह, बिबेक यादव, अमित यादव, राकेश कामत, सन्तोष कार्की, संसाद अलि मन्सुरी ।
