भ्रमणकैक्रममा नेपाललाई भारतको २ खर्ब ४० अर्ब सहयोग घोषणा

भारतले प्रधानमन्त्री बालेन्द्र शाहको राजकीय भ्रमणका क्रममा नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग घोषणा गरेको छ । तर उक्त रकममध्ये कति सहुलियतपूर्ण ऋण र कति अनुदान हुने भन्ने खुलाइएको छैन ।

नेपालले भारतसँग २ खर्ब भारु सहयोग माग गरेको थियो । त्यसमा १ खर्ब ऋण र १ खर्ब अनुदानको प्रस्ताव थियो । भारतले भने नेपालको मागभन्दा ४० अर्ब भारु बढी सहयोग घोषणा गरेको हो ।

नेपालले प्रस्ताव गरेको अनुदानमध्ये ५० अर्ब भारु रसुवा बाढीपछिको पुनर्निर्माण र थप ५० अर्ब भारु बुटवल–पोखरा एक्सप्रेस वे निर्माणमा खर्च गर्ने योजना बनाएको थियो ।

भारतले यसअघि पनि नेपालका लागि चारवटा लाइन अफ क्रेडिट घोषणा गरिसकेको छ ।

Exit mobile version