प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको राजकीय भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गर्दा उनी चढेको जहाज प्रत्यक्ष उडान ट्र्याकिङ वेबसाइट ‘फ्लाइट राडार २४’ मा विश्वभरमै सबैभन्दा बढी हेरिएको उडान बनेको छ ।
उनी दिल्ली पुग्दा नौ हजार तीन सयले प्रत्यक्ष हेरेका छन् । राडारले यसलाई विश्वभरमै सबैभन्दा बढी हेरिएको दाबी गरेको छ ।
आइतबार दिउँसो नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को नियमित उडानमार्फत प्रधानमन्त्री शाह दिल्ली प्रस्थान गरेलगत्तै उक्त जहाज फ्लाइट राडार २४ को विश्वव्यापी सूचीको ‘नम्बर एक’ मा पुगेको हो ।
उडान भरेको केही समयमै एकै पटक २ हजार २ सय १५ जनाले प्रत्यक्ष ट्र्याक गरिरहेको उक्त जहाज दिल्ली पुग्दा ट्र्याकिङ वेबसाइटमा लाइभ हेर्नेको संख्या बढेर नौ हजार तीन सय नाघेको हो ।
फ्लाइट राडार २४ को विवरणअनुसार प्रधानमन्त्री शाह सवार नेपाल एयरलाइन्सको ‘एयरबस ए–३२०’ ९उडान नम्बर आरए २१७ र कल साइन आरएनए २१७० जहाज आइतबार दिउँसो २ बजेर ८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज भारतीय समयअनुसार ३ बजेर १५ मिनेटमा अवतरण हुँदा ट्र्याकरमा नौ हजार बढीले प्रत्यक्ष हेरेका हुन्
