राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन)लाई गृह मन्त्रालयले निलम्बन गरेको छ।
मन्त्रालयले दिएका निर्देशन बारम्बार पालना नगरेको र संगठनका पदाधिकारीले स्वीकृत विधान तथा मूल उद्देश्यविपरीत कार्य गरेको भन्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको हो।
गृह मन्त्रालयद्वारा जारी सार्वजनिक सूचना अनुसार, सम्बद्ध सरोकारवाला पक्षसँग गत असोज २३ गते छलफल गराई ऐन तथा मन्त्रालयबाट २०८२ मंसीर १२ गते जारी निर्देशन बमोजिम कार्य गर्न आग्रह गरिएको थियो।
उक्त निर्देशनको पालना नभएपछि राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिमको निर्देशन पालना नगरेकाले सोही ऐनको दफा ६ को उपदफा ९२० बमोजिम संस्थालाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ।
सूचना जारी भएसँगै अब संस्थाका नाममा कुनै पनि समूह वा गुटबाट हुने सम्पूर्ण क्रियाकलाप गैरकानूनी हुने र त्यस्ता गतिविधि गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने मन्त्रालयले चेतावनी दिएको छ।
