भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको एक जेट बोट सप्तकोशी नदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी केही यात्रु घाइते भएको प्रहरी चौकी त्रिवेणीका प्रमुख अनिल परियारले जानकारी दिएका छन् ।
१४ जना यात्रु सवार उक्त बोटको गुडिरहेकै अवस्थामा अचानक इन्जिन बन्द भएपछि दुर्घटना भएको हो ।
इन्जिन रोकिएपछि नदीको तीव्र बहावले नियन्त्रणबाहिर पुर्याएको बोट किनारको भित्तामा गएर ठोक्किएको थियो । भित्तामा ठोक्किएलगत्तै बोट नदीमा डुबेको यात्रुले बताएका छन् ।
दुर्घटनालगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोलीले उद्धार गरेका थिए थिए । उद्धार गरिएका घाइतेलाई उपचारका लागि नजिकैको अस्पताल पठाइएको छ ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
