मोटरसाइकलले हान्दा पैदलयात्रीको निधन, रोजित गुरुङ नियन्त्रणमा

पोखरामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

पोखरा २९ आदर्शचोकमा मोटरसाइकलको ठक्करबाट ६१ वर्षीय रमाकान्त शर्माको ज्यान गएको छ ।

शनिबार साँझ तालचोकबाट पावरहाउसतिर जाँदै गरेको ग २४ प १६३५ नम्बरको मोटरसाइकलले जेब्राक्रसबाट बाटो काटिरहेका शर्मालाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि पश्चिमाञ्चल अस्पताल पुर्‍याइएको थियो । तर अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरे ।

दुर्घटना भएलगत्तै प्रहरीले मोटरसाइकल र त्यसका चालक २१ वर्षीय रोजित गुरुङलाई नियन्त्रणमा लिएको छ । यो घटनाबारे थप अनुसन्धान भइरहेको कुरा प्रहरीले बताएको छ ।

Exit mobile version