देशमा ४२ करोडको तास भित्रियो !

नेपालमा तास खेलेर जुवा खेल्न प्रतिबन्ध छ, तर चालू आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै ५ करोड १८ लाख रुपैयाँ बराबरको तास आयात भएको छ।

भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ४२ करोड रुपैयाँको तास नेपाल भित्रिएको थियो।

आयात गर्न मिल्ने तर खेल्न किन नमिल्ने? मुलुकी अपराध संहिता, २०७४ का अनुसार सम्पत्तिको हारजित हुने गरी बाजी थापेर खेलिने खेल मात्र ‘जुवा’ ठहरिन्छ र त्यो गैरकानूनी हुन्छ।

तर, चाडबाडमा बाजी नथापी केवल मनोरञ्जनका लागि खेलिने तासलाई भने कानूनले बन्देज गरेको छैन।

जुवा खेल्ने र खेलाउनेलाई पहिलोपटक ३ महिनासम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुने कानूनी व्यवस्था छ।

Exit mobile version