‘विशेष सूचना’ पच्छ्याउँदै प्रहरीले समात्यो २१ किलो सुन

प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट ठुलो परिमाणमा सुन बरामद गरेको छ।

बिहीबार विशेष सूचनाका आधारमा परिचालित प्रहरी टोलीले २१ किलो परिमाणको सुन बरामद गरेको प्रहरी उच्च स्रोतले जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बूढानीलकण्ठ क्षेत्रमा खोजतलास गर्ने क्रममा सुन बरामद गरेको हो।

बरामद सुनमध्ये ११ किलो तयारी अवस्थामा रहेको र बाँकी १० किलो प्रशोधनका लागि राखिएको अवस्थामा भेटिएको स्रोतले जनाएको छ।

प्रहरीले घटनामा संलग्न आरोपमा केही व्यक्तिलाई पक्राउ गरेको छ भने यसबारे जानकारी दिन शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दैछ।

Exit mobile version