पोखरा । सीप हस्तान्तरणद्वारा सशक्तीकरण ( नेष्ट ) को २४ औं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ। उद्घाटन सभामा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सीप मार्फत सशक्तीकरण सहित आय आर्जनका सन्दर्भमा नेष्टको भुमिका उल्लेखनीय रहेको बताए । उनले समाजका सीमान्तकृत, पछाडी परेका समुदायलाई थप ध्यान सहित आय आर्जनका कार्यक्रम संचालन गर्न आग्रह गर्दै यसले अबसरहरूको पहिचान र स्वरोजगारको निर्माणका लागि महत्त्वपूर्ण हुन उल्लेख गरे ।
कार्यक्रममा रुपान्तरण महिला समूह पोखरा १५ का अध्यक्ष बेलमाया गुरुङ, पोखरा महानगर पालिका वडा न १५ का अध्यक्ष तोरणबहादुर बानियाँ, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्र बाबू तिवारी लगायतले धारणा राखेका थिए ।
सो अबसरमा संस्थाका कर्मचारीहरू कार्यक्रम प्रबन्धक हरिप्रसाद लुइँटेल, लेखा तथा प्रशासन सहायक मुना मजाकोटी र कार्यालय सहायक मनु जिसीलाई नगद सहित सम्मान तथा पुरस्कृत गरिएको थियो। सो संस्थाका अध्यक्ष सुर्य प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न साधारण सभामा स्वागत उपाध्यक्ष कमला श्रेष्ठ र संचालन सचिब कुम गुरुङले गरेका थिए ।
