पोखरामा प्रहरीको ‘स्वीप’, पर्यटकलाई दुःख दिने पाँच जना नियन्त्रणमा

पोखरा । पर्यटक तथा सर्वसाधारणलाई दुःख–हैरानी दिने गतिविधिमा संलग्न पाँच जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले असोज १७ र १८ गते पोखरको पृथ्वीचोक, सभागृहचोक र सिर्जनाचोक क्षेत्रमा ‘स्वीप अप्रेसन’ सञ्चालन गरेको थियो ।

सो क्रममा पर्यटक तथा सर्वसाधारणलाई सस्तोमा होटल मिलाइदिने भन्दै झोला तान्ने, करकाप गर्ने तथा विभिन्न किसिमले दुःख–हैरानी दिने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पर्यटक तथा सर्वसाधारणलाई लक्षित गरी अनावश्यक दुःख–हैरानी दिने तथा अवाञ्छित गतिविधि गर्ने व्यक्तिमाथि निगरानी र कारबाहीलाई प्रहरीले निरन्तरता दिने जनाएको छ ।तस्विर:एआई

Exit mobile version