बिहीबारदेखि फेरि मौसम बदलिने, चिसो बढ्ने प्रक्षेपण

लामो समयको वर्षा रोकिएलगत्तै नेपालमा फेरि मौसम बदली हुने र वर्षा तथा चिसो बढ्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

उनका अनुसार पश्चिमी वायुको प्रभावले बिहीबारदेखि घाम कम लाग्नेछ भने पहाडी क्षेत्रका केही स्थानमा वर्षा हुन सक्नेछ।

आइतबारदेखि भने मौसम थप बदली भई घटस्थापनासम्म झरी र चिसो मौसम रहने सम्भावना रहेको पोखरेलले बताएका छन्।

उनले आगामी साताको वर्षाको अवस्था र माथिल्लो वायुमण्डलमा विकसित हुने ‘कटअफ लो’का कारण नेपालमा वर्षासँगै औसतभन्दा चिसो मौसम हुन सक्ने बताएका हुन्।

लामो वर्षापछि फेरि वर्षाको सम्भावना देखिएपछि मौसमविद्हरूले आगामी दिनको मौसममा पनि ध्यान दिन आग्रह गरेका छन्।

Exit mobile version