लेकसाइडका फार्मेसी सञ्चालक लागुऔषधसहित समातिए

पोखराको लेकसाइडस्थित ठाडोपसलमा मेडिकल सञ्चालन गर्दै आएका एक व्यक्ति लागू औषधसहित पक्राउ परेका छन्।

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले जिना मेडिकल हलका सञ्चालक ३२ वर्षीय सबिन चौधरीलाई नियन्त्रणमा लिएको हो।

लेकसाइड क्षेत्रमा लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जाँच गर्दा चौधरीको साथबाट नियन्त्रित लागू औषध डाईजापाम ५ एम्पुल, फेनारगन ४ एम्पुल, नुफिन ४ एम्पुल गरी जम्मा १३ एम्पुल र १२० चक्की कोडिन बरामद गरेको छ।

बरामद लागू औषधसहित पक्राउ परेका चौधरीमाथि लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार निजलाई सम्मानित कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

Exit mobile version