प्रदेशवासीको आर्थिक उपार्जनमा गण्डकी, सीपमूलक तालिममा जोड दिइने

 गण्डकी प्रदेश सरकारअन्तर्गतको व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराले चालु आर्थिक वर्ष २०८३/८४ का लागि विभिन्न सिपमूलक तथा व्यावसायिक तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ।

तालिम कार्यक्रमहरूलाई लक्षित समूहकेन्द्रित, नतिजामुखी, गुणस्तरीय र प्रभावकारी बनाउन केन्द्रले प्रदेशका कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, मनाङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गरी सात जिल्लाका सबै स्थानीय तहहरूसँग समन्वय र सहकार्यका लागि पत्र पठाएको छ।

केन्द्रका अनुसार चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार मोबाइल मर्मत, विद्युत् जडान वा हाउस वायरिङ, कटाइ-सिलाई, बुटिक डिजाइन, मोटरसाइकल मर्मत, कपाल काट्ने सैलुन र मिनेटेलर मर्मतसम्बन्धी तालिमहरू सञ्चालन गरिनेछ। यसैगरी कुक, मन्टेस्वरी, आधारभूत कम्प्युटर तालिम, ब्युटीपार्लर, प्लम्बिङ, अटोमोबाइल मर्मत, जुत्ता-चप्पल बनाउने, होम एप्लायन्स र बारिष्टा जस्ता मागमा आधारित छोटा तथा लामा अवधिका तालिमहरूसमेत सञ्चालन गरिनेछ।

Exit mobile version