पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनअन्तरगत यही २० र २१ गते हुने निर्वाचनमा ४ जना निर्विरोध निर्वाचित भएका छन् ।
जसअन्तगत वस्तुगतबाट ४ जना र औद्योगिकबाट १ जना सदस्य निर्वाचित हुने व्यहोरा उल्लेख छ ।
उक्त पदमा वस्तुगत सदस्यतर्फ केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकाल प्रतिस्पर्धामा छन् भने औद्योगिक सदस्यका लागि पिताम्बर अधिकारीको उम्मेदवारी परेको छ ।
सोही अनुसार उम्मेदवारी दर्ता भएपनि निर्वाचनको प्रक्रिया अझै बाँकी रहेकाले घोषणा निर्विरोध निर्वाचित भएको घोषणा गर्न नसकिएको संघका निर्वाचन संयोजक दामु अधिकारीले जानकारी दिएका छन् ।
‘वस्तुगत र औद्योगिकका लागि जति जना निर्वाचित हुने त्यति नै उम्मेदवारी परेका छ,’ उनले भने, ‘तर, दाबी विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया बाँकी नै रहेकाले निर्वाचित भएको घोषणा प्रक्रिया पुगेपछि हुन्छ ।’
संयोजक अधिकारीका अनुसार मंगलबार दिउँसो १ बजेसम्म दावी बिरोधको समय तोकिएको छ । भदौ ११ गते ४ बजेसम्म नामावली फिर्ताको समय रहेको उनले जानकारी दिए ।
त्यस्तै, संघको नेतृत्वमा पुग्न ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । संयोजक अधिकारीले अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतमले उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।
