पोखरा उद्योग वाणिज्य संघको नेतृत्व लिन चार जना अघि बढेका छन् ।
संघको यहि भदौ २० र २१ गते हुने ३६ औं महाधिवेशन अन्तर्गत आज उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन् ।
गत शुक्रबार मनोनयन पत्र लिएका उत्तममान बुद्धाचार्य, बलराम आचार्य, शोभा गौतम र अर्जुन पोखरेलले दर्ता गरेसँगै हालसम्म चार जनाको भीडन्त पक्का भएको छ ।
संघको महाधिवेशन निर्वाचन संयोजक दामु अधिकारीले दिएको जानकारी अनुसार उम्मेदवारहरुको फाइनल नामावली केहीबेरमा प्रकाशित गरिने छ ।
मंगलबार उम्मेदवारहरुको सम्बन्धमा दाबी विरोध गर्ने तालिका रहेको छ ।
भदौ ११ गते बिहीबार ४ बजेसम्म उम्मेदवारहरुले नाम फिर्ता लिनसक्ने सम्भावना रहेकाले चुनावसम्म चारैजना टिक्लान् वा कोही पछि हट्लान् त्यो भने हेर्न बाँकी छ ।
