पोखरा महानगरपालिकाकोे नयाँ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न राजन पौडेल आउने भएका छन् ।
पौडेल यसअघि पूर्वी पहाडी जिल्ला भोजपुरको प्रमुख जिल्ला अधिकारी रहेका थिए ।
महानगरका प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम अर्याल काठमाडौं महानगरपालिकामा सरुवा भएसँगै दुई सातासम्म रिक्त रहेको जिम्मेवारीमा पौडेललाई पठाइएको हो ।
यद्यपि, पौडेल महानगरपालिकामा भने हाजिर भइसकेका छैनन् ।
