प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पोखरा हुँदै सडकमार्गबाट शनिबार जोमसोम पुगे ।
आफ्नो गाउँठाउँमा प्रधानमन्त्री आएपछि स्थानीयमा उत्साह जाग्नु स्वभाविकै हो । त्यसमाथि हिमालपारीको जिल्लामा हत्तपत्त भीआइपी पुग्दैनन् ।
यही मेसोमा पुथाङ आमा समुहका सदस्यहरु शनिबार बालेन बसेको होटलको मुलद्वारमा उनलाई खादा र अशिर्वाद लिएर कुरिरहेका थिए ।
अपरान्ह ३ बजे होटल ओम्स होममा पुगेका प्रधानमन्त्रीले स्थानीयसँग भेटघाट नै नगरेको पत्रकार सुन्दर कुमार थकालीले जनाए ।
होटलको गेटैमा आमा समूह देखेपनि बालेन होटल पछाडीको साईडमा गाडी पार्किङमा राखि पछाडीकै ढोकाबाट होटल छिरेका थिए ।
बालेनले शनिबारै साँझ साढे ७ बजे मुक्तिनाथको दर्शन गरेका छन् ।
त्यसो त कास्कीको अस्तामस्थित माउन्टेन इको रिसोर्टमा शुक्रबार बसेका बालेनले त्यहाँ पनि स्थानीयसँग भेटघाट गरेनन् भने पार्टीकै जिल्ला नेतासमेत उनको नजिक पर्न पाएनन् ।
तस्बिर सौजन्यः सुन्दरकुमार थकाली/जोमसोम
