मानव बेचबिखन तथा ओसारपोसार जस्तो जगन्य अपराधका विरुद्धमा सिंङ्गो समाज एक जुट भएर लाग्ने यहाँ आयोजित कार्यक्रमका सहभागिले सामुहिक प्रतिवद्धता जनाएका छन् ।
सामुदायिक प्रहरी सेवा समन्वय समिति कास्कीको आयोजना एवम् रातोपैह्रा सामुदायिक वन उपभोक्ता समूह पोखरा १७ को व्यवस्थापनमा मानव बेचबिखन विरुद्धमा सचेतना कार्यक्रमका वक्ताहरुले उक्त कुरामा प्रतिवद्धता जनाएका हुन ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिं गुरुङले कार्यक्रमको उद्घाटन गर्दै प्रहरी जनताको भरोसाको संस्था भएको बताए ।
सिमित श्रोत साधन र जनशक्तिका बाबजुद पनि नेपाल प्रहरीले नागरिकको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्न निरन्तर खटिरहेको उल्लेख गर्दे उनले अपराध नियन्त्रण तथा सुरक्षित समाज निर्माणका लागि जनता र प्रहरीको सहकार्य अपरिहार्य भएको बताए ।
पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले समाजमा हुने अपराधिक गतिविधिको नियन्त्रणका लागि प्रत्येक नागरिक सचेत हुनुपर्नेमा जोड दिइन् ।
घर भाडामा बस्ने व्यक्तिको विवरण राख्ने, छिमेकीप्रति चासो दिने तथा सभ्य समाज निर्माणमा सहयोग पुग्ने उनको भनाई छ ।
