नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसका अवसरमा ‘ग्रिन रन’ कार्यक्रमको आयोजना गरेको छ ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु सचेतना जगाउन साउन ६ गते बीपी स्मृति दिवसमा पाँच किलोमिटर दुरीको ग्रिन रन कार्यक्रम आयोजना गरेको हो ।
यो कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापा पनि दौडिनेछन् ।
‘विपी स्मृति दिवसमा नेपाली कांग्रेसको आयोजनामा ५ किलोमिटर ग्रिन रन हुँदैछ । म पनि दौडिदैछु । तपाईलाई पनि दौडिन निम्तो छ । आउनुस् सँगै दौडौं । जलवायु सचेतना जगाउने अभियानमा सहभागी बनौं,’ थापाले आह्वान पनि गरेका छन् ।
