कास्कीमा धेरै हिंसा पोखरामा, महिना दिनमै १९ ले गरे आत्महत्या

जिल्ला प्रहरी कार्यालय, कास्कीले असार महिनाको कार्य विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसारमा कास्कीमा सबैभन्दा धेरै हिंसाका घटना पोखरा महानगरपालिकामा भएका छन् । सबैभन्दा कम घटना रुपा गाउँपालिकामा भएका छन् ।

घरेलु हिंसातर्फ १६ वटा शारीरिक, मानसिक तथा आर्थिक उजुरी परेका छन् । तीमध्ये १४ वटा उजुरीमा मिलापत्र गराइएको छ । २ वटा उजुरी अदालत तथा अन्य निकायमा पठाइएको छ ।

त्यस्तै, सामाजिक हिंसातर्फ ११६ वटा ठाडो उजुरी दर्ता भएका छन् । ती उजुरीमा ११६ जना पीडित र ११६ जना पीडक रहेका छन् ।

पीडितमध्ये १८ देखि २५ वर्ष उमेर समूहका २६ जना छन् । २६ देखि ३५ वर्ष उमेर समूहका ४३ जना छन् ।

३६ देखि ४५ वर्ष उमेर समूहका ३० जना छन् । ४६ देखि ६० वर्ष उमेर समूहका १६ जना छन् । ६० वर्षभन्दा माथिका १ जना रहेका छन् ।

कास्कीमा असार महिनामा १९ जनाले आत्महत्या गरेको कास्की प्रहरीको विवरणमा उल्लेख छ ।

जसमध्ये १६ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । ३ जनाले विष खाएर आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा १८ वर्षमुनिका ५ जना छन् । १८ देखि ४० वर्ष उमेरका ७ जना छन् । ४० देखि ६० वर्षका २ जना छन् । ६० वर्षभन्दा माथिका ५ जना छन् ।

कुल आत्महत्या गर्नेमा ११ जना महिला र ८ जना पुरुष रहेको विवरण उल्लेख छ ।

Exit mobile version