क्यानडा पठाइदिने बहानामा ठगेपछि माओवादीका पूर्वकमान्डर पक्राउ

क्यानडा पठाइदिने प्रलोभन देखाई २६ जनाबाट करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली जिल्ला, लम्कीचुहा नगरपालिका वडा नम्बर ६ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ बस्ने ४६ वर्षीय लहानु राम चौधरी रहेका छन् ।

उनलाई वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै पीडितहरूबाट रकम असुली गरी सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

पछिल्लो समय माओवादी नेता पुष्पकमल दाहालको उग्र विरोध गर्दै आएका चौधरी माओवादीकै पूर्व कमाण्डर हुन् ।

यस घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

Exit mobile version