पोखरामा बिहानैदेखि ट्राफिकको ‘एक्सन’, २२ सवारी साधन कारबाहीमा

पोखरा महानगरपालिकाको न्यूरोड क्षेत्रमा गरिएको सवारी प्रदूषण परीक्षणका क्रममा मापदण्ड विपरीत धेरै धुवाँ फाल्ने २२ वटा सवारी साधन कारबाहीमा परेका छन् ।

यातायात व्यवस्था कार्यालय कास्की र सम्बन्धित कार्यालयको संयुक्त टोलीले २७ गते न्यूरोडमा सवारीको प्रदूषण जाँच गरेका छन्।

टोलीले प्रदूषण जाँच गर्ने मेसिनको प्रयोग गरी पोखरा नगरक्षेत्र भित्र चल्ने सिटी बस तथा अन्य डिजेल इन्जिनबाट चल्ने सवारीहरू गरी जम्मा ४० वटा सवारीको परीक्षण गरेको थियो ।

परीक्षण गरिएकामध्ये २२ वटा सवारी साधनले अत्यधिक धुवाँ उत्सर्जन गरेको फेला परेको टोलीले जनाएको छ ।

प्रदूषण फैलाउने ती सवारी साधनहरूलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय कास्की पठाइएको छ ।

Exit mobile version