ट्राफिक प्रहरीले गाडीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन सुरु गरेको छ।
आइतबारदेखि उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन थालिएको हो।
पहिलो चरणमा स्टिकर हटाउन थालिएको हो । कम्पनीबाट कालो सिसा जडान भएका गाडीहरूको सिसा परिवर्तन गर्नेबारे ट्राफिक प्रहरीले गाडी बिक्रेता कम्पनीहरूसँग छलफल गर्ने भएको छ ।
हालसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा चल्ने ५३ वटा सवारी साधनमा लगाएको कालो स्टिकर ट्राफिक प्रहरीले हटाएको छ।
माइक्रोबस र ट्याक्सीमा समेत कालो सिसा प्रयोग गरेको भेटिएको छ । कालो सिसाको प्रयोग गरेर हातहतियार ओसारपसार र लागुऔषध जस्ता कारोबार हुने गरेको प्रहरीको निष्कर्ष छ ।
