सरकारले असारको तेस्रो साताबाट भूमिहिन नागरिकलाई जग्गा वितरण गर्ने भएको छ ।
असार तेस्रो सातादेखि बर्दियाबाट जग्गा वितरण गर्ने तयारी गरिएको भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
भूमिमन्त्री प्रतिभा रावलको सचिवालयले दिएको जानकारी अनुसार सुकुम्बासीको लगत संकलन भइसकेका जिल्लामा जग्गा वितरण गर्न लागेको हो ।
बर्दियापछि क्रमशःतनहुँ, बाँके, झापा र मकवानपुर लगायत जिल्लामा जग्गा वितरण गर्ने तयारी रहेको सचिवालयले जनाएको छ ।
नेपालमा भूमिहीन र अव्यवस्थित बसोबासीको संख्या थाहा पाउन कठिन छ।
भूमिसम्बन्धी समस्या समाधान आयोगले ११ लाखभन्दा बढी भूमिहीन परिवारको डिजिटल डाटाबेस तयार गरेको छ।
