शम्भु श्रेष्ठ
तनहुँ । बन्दिपुर गाउँपालिकामा भूमि समस्या समाधान आयोग द्वारा १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बन्दिपुर गाउँपालिका अध्यक्ष सुरेद्र थापाको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा भूमिहीन दलित र भूमिहीन सकुुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा बसोबासीलाई व्यवस्थापन गर्ने बारे छलफल भएको थियो ।
भूमिहीन दलित र भूमिहीन सकुुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनको लागि भूमि समस्या समाधान आयोग गठन भए सँगै यसले आफ्नो कार्यक्रमहरु विभिन्न जिल्लाहरुमा तिब्रता दिएको छ ।
आयोगको कार्ययोजना अनुसार फाल्गुन २०८१ देखि २०८४ मसान्त सम्ममा काम सक्नु पर्ने छ ।
देश भरि हाल सम्म १० लाख ९७ हजार २ सय ९८ कुल लगत विवरण रहेकोमा बन्दिपुर गाउँपालिका भित्र मात्र दलित भूमिहीन ९२, भूमिहीन सुकुम्बासी २६० र अब्यवस्थित १,६५४ गरि जम्मा २००६ रहेका विज्ञ जगत बस्नेतले जानकारी गराए ।
यसै गरि भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थितहरुले लालपुर्जा प्राप्तिको लागि ७ चरण पार गर्नु पर्ने छ ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति भूमि आयोगका केन्द्रिय अध्यक्ष श्री हरि प्रसाद रिजालले यस आयोगले तिब्र गतिमा काम गर्न सुरु गरिसकेको र जनताको समस्याको समधानमा आफु पनि लागि पर्ने बताए ।
कार्यक्रममा उपाध्यक्ष पंचमाया गुरुङले स्वागत मन्तब्य राख्दै पालिकामा भूमि समस्या जटिल रहेको र यस कार्यक्रमले सहजिकरण गर्न सहयोग पुग्ने बताए ।
भानु नगरपालिका प्रमुख आन्नद राज त्रिपाटीले राजनीतिक फेरबदलले गर्दा समस्याको समाधान गर्न नसकिएको अब यो आयोग बने सँगै समस्याको समाधान गर्न सकिएमा स्थानीय सरकारलाई अवसर पनि रहेको बताए ।
उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनीधि,जिल्ला भूमि समस्या समाधान आयोगका अध्यक्ष,केन्द्रिय भूमि समस्या समाधान आयोगका सदस्यहरु, वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, सामाजिक संघ संस्थाका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।