कास्कीको मादी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ६५ करोड १२ लाख ५१ हजारको बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकाको १९ औं गाउँसभामा पालिका उपाध्यक्ष कल्पना गुरुङले गरेकी उक्त बजेट प्रस्तुत गरेकी हुन् । जसमा चालुतर्फ ४६ करोड ९७ लाख ६१ हजार र पुँजीगततर्फ १८ करोड १४ लाख बजेट विनियोजन गरेको छ ।
विनियोजित बजेटको खर्च बेहोर्ने स्रोतहरुमा संघीय समानिकरण अनुदानबाट १० करोड २६ लाख, संघीय सशर्त अनुदान २८ करोड २९ लाख र संघीय राजश्व बाँडफाँटबाट ११ करोड ८२ लाख ९८ हजार प्राप्त हुने अनुमान गरिएको उपाध्यक्ष गुरुङले बताईन् ।
बजेटमा प्रदेश समानिकरण अनुदानतर्फ १ करोड ११ लाख ९९ हजार, प्रदेश समपुरक अनुदान ४५ लाख, प्रदेश विशेष अनुदान ४०, प्रदेश राजश्व बाँडफाँटबाट १ करोड ११ लाख ९६ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै, स्थानिय राजश्व बाँडफाँडबाट ५६ लाख, रोयल्टी २ करोड ६० लाख र आन्तरिक आयबाट १ करोड ११ लाख ९६ हजार प्राप्त हुने अनुमान गरिएको उपाध्यक्ष गुरुङले बताईन् ।
मादी गाउँपालिकाले ६ करोड ३१ लाख २० हजार घाटा बजेट ल्याएको छ । सो बजेट चालु आर्थिक वर्षको मौज्दातबाट पूर्ति गरिने उनले बताईन् ।
