पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको वार्षिक बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले सार्वजनिक जग्गा संरक्षणमा चासो देखाएकी छिन् ।
उपप्रमुख गुरुङले महानगरभित्रका सरकारी, ऐलानी तथा पर्ति र अतिक्रमित जग्गाको संरक्षण र व्यवस्थापनका लागि महानगरले आगामी आर्थिक वर्षमा १० करोड रुपैयाँ बजेट विनियोजन गरेको उल्लेख गरिन् ।
१९औं नगरसभामा आगामी आर्थिक वर्षका लागि कुल ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको वार्षिक बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले सार्वजनिक जग्गा संरक्षणको विशेष योजना अघि सारेकी हुन् ।
महानगरले सार्वजनिक जग्गा संरक्षणसँगै बजेटको ठूलो हिस्सा पूर्वाधार, सहरी विकास तथा सामाजिक क्षेत्रमा केन्द्रित गरेको छ ।
जस अन्तर्गत पूर्वाधार, सहरी विकास र सहरी उत्थानशील तथा जीवनयापन सुधार परियोजना अन्तर्गतका पर्यटकीय पूर्वाधारका आयोजना समेतका लागि कुल २ अर्ब ८९ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
