‘पोखरामा क्यान्सरको औषधि चाहिए मल्ल फर्मास्युटिकल्स जानुहोला’ – विभाग

औषधि व्यवस्था विभागले हाल विश्वव्यापी आपूर्ति श्रृंखलामा देखिएको अवरोधका कारण क्यान्सर उपचारमा प्रयोग हुने केही औषधिहरुको बजारमा सीमित उपलब्धता रहेको जनाएको छ ।

विभागले एक सूचना जारी गर्दै क्यान्सर उपचारमा प्रयोग हुने ‘सिस्प्लेटिन इन्जेक्सन’ तथा ‘कार्वोप्लेटिन इन्जेक्सन’ लगायतका औषधिहरुको आपूर्तिमा समस्या देखिएको बताएको हो ।

उक्त औषधिको आवश्यकता पुरा गर्न पोखरामा रुद्र फर्मास्युटिकल्सलाई जिम्मा दिइएको छ । विभागका अनुसार यसका सञ्चालक रुद्र मल्ल हुन् भने उनको सम्पर्क नम्बर ९८५६०२०११७० रहेको छ ।

सम्बन्धित औषधिको नियमित उपलब्धता सुनिश्चित गर्न विभागले सम्बन्धित निकाय, आयातकर्ता तथा सरोकारवालाहरुसँग आवश्यक समन्वय र पहल गरिरहेको जानकारी दिएको छ ।

क्यान्सर रोगीहरुको उपचारमा सहजता ल्याउने उद्देश्यले हाल केही स्वास्थ्य संस्थाहरुमा उक्त औषधिहरु उपलब्ध रहेकाले बिरामीको पुर्जा सहित उल्लेखित स्वास्थ्य संस्थाका सम्पर्क व्यक्तिसँग समन्वय गरी औषधि प्राप्त गर्न विभागले सबैमा जानकारी गराएको छ ।

साथै, विभागले सम्बन्धित स्वास्थ्य संस्थाहरुलाई उक्त औषधिहरुको मौज्दात तथा वितरणको स्पष्ट अभिलेख राख्न समेत निर्देशन दिएको छ ।

विभागका वरिष्ठ औषधि व्यवस्थापक किरण सुन्दर वज्राचार्यले जारी गरेको सूचना अनुसार हाल निम्न स्थान र व्यक्तिहरुमार्फत औषधि प्राप्त गर्न सकिनेछ:

१. रंजित राजवंशी, मा जानकी अस्पताल प्रालि, नेपालगंज (मोबाइल नम्बर: ९८५८०४३२१०)
२. मुकेम भट्टराई, पूर्वाञ्चल क्यान्सर अस्पताल, विर्तामोड (मोबाइल नम्बर: ९८२४०१०४५६)
३. सुरज निरौला, विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगर (मोबाइल नम्बर: ९७०९१५४९०६)
४. विर बहादुर थापा, बविना फर्मा प्रालि, पोखरा (मोबाइल नम्बर: ९८५६०२१३७५)
५. यूवराज बस्नेत, पुनम फार्मेसी, धरान (मोबाइल नम्बर: ९८०४०१४४०३)
६. राजीव थापा, राज ड्रग प्रालि, भरतपुर (मोबाइल नम्बर: ९८४१३०२०४५)
७. रुद्र मल्ल, मल्ल फर्मास्युटिकल्स प्रालि, पोखरा (मोबाइल नम्बर: ९८५६०२०११७)
८. तारिक राना, ताज नेपाल प्रालि, काठमाडौं (मोबाइल नम्बर: ९८५१००३४९६)
९. सुरज कुमार टिवडेवाल, डिकेएम फर्मास्युटिकल्स प्रालि, काठमाडौं (मोबाइल नम्बर: ९८५१०३५८७८)
१०. अन्जन पुडासैनी, सिजल फर्मा, काठमाडौं (मोबाइल नम्बर: ९८०२०१७८५८)
११. मोहम्मद कमाल उज्जामा, अनमोल हेल्थ केयर, काठमाडौं (मोबाइल नम्बर: ९८०१२४३९२३)

यस सम्बन्धमा कुनै समस्या वा थप जानकारी आवश्यक परेमा विभागसँग सम्पर्क गर्न सकिने वरिष्ठ औषधि व्यवस्थापक वज्राचार्यले बताए ।

Exit mobile version