एक्सनमा ‘एमसीसी’: रातमाटेमा विद्युत् प्रसारण पूर्वाधारको शिलान्यास

नेपालस्थित अमेरिकी दूतावासले सरकारका अधिकारीहरूबीच आज नुवाकोटको रातमाटेमा ‘एमसीसी नेपाल कम्प्याक्ट’अन्तर्गत निर्माण हुने महत्वपूर्ण विद्युत् प्रसारण पूर्वाधारको शिलान्यास गरेको छ ।

यसलाई अमेरिकी दूतावासले नेपालका पूर्वाधार विकासका साथै नेपाल र अमेरिकाबीचको लामो साझेदारीका लागि एक महत्वपूर्ण कोसेढुंगा भएको बताएको छ ।

कार्यक्रममा कार्यवाहक राजदूत स्कट अर्बमले भने, ‘यस कम्प्याक्टमार्फत हामी नेपालको ऊर्जा भविष्यको मेरुदण्ड निर्माण गर्दैछौं । भरपर्दो बिजुली देशभरि र सीमापारसम्म प्रवाहित हुनेछ ।’

त्यस्तै, उनले उद्योग र कृषिका लागि यसले उत्पादन वृद्धि गर्न आवश्यक स्थिर ऊर्जा उपलब्ध गराउने भन्दै । नेपाली व्यवसायहरूका लागि यसले विकासका नयाँ अवसरहरू खोल्ने दाबी गरे ।

उनका अनुसार यस कम्प्याक्टले नेपाललाई आफ्ना छिमेकी देशहरूमा स्वच्छ जलविद्युत् निर्यात गर्ने अवसर प्रदान गर्ने र प्राप्त आम्दानी शिक्षा, स्वास्थ्य र भावी उद्यमीहरूमा पुनः लगानी गर्न सकिने छ ।

Exit mobile version