सांसदको टिकट नपाएका यदुनाथ कास्की सभापतिको दौडमा, एकराज प्रतिष्पर्धामा

सांसदको टिकट नपाएका यदु कास्की सभापतिको दौडमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको प्रथम अधिवेशनमार्फत जिल्ला सभापतिमा यदुनाथ अधिकारीले उम्मेदवारी दिएका छन् ।

अधिकारी हालै सम्पन्न प्रतिनिधिसभामा कास्कीबाट उम्मेदवारको दाबेदार थिए । टिकट पाउने अन्तिम समयमा अधिकारी पाखा पर्दा उत्तमप्रसाद पौडेलको नाममा निर्णय भएको थियो । पौडेल हाल कास्की २ का सांसद हुन् ।

अधिकारी यसअघि जिल्ला समिति कास्कीका सभापति रहिसकेका छन् । पहिलो अधिवेशनमा अधिकारीलाई चुनौति दिन एकराज न्यौपाने मैदानमा छन् । न्यौपाने प्रदेशको जनसम्पर्क विभाग प्रमुख रहेका थिए।

अधिकारी र न्यौपानेबीच सहमतिको प्रसाय असफल भएपछि चुनावी प्रक्रिया अघि बढेको हो । नयाँ नेतृत्वका लागि २ सय ९० जना मतदाताले मतदान गर्दै छन् भने आजै नतीजा सार्वजनिक गर्ने तयारी छ ।

मतदानबाट सभापति, सचिव र ४ जना सदस्य चयन हुनेछन् । निर्वाचनका लागि सम्पूर्ण आन्तरिक तयारी पूरा भइसकेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन प्रमुख शंकर पन्तका अनुसार सभापति र सचिव पदका लागि २ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सचिव पदमा विश्वराज पौडेल र टेकराज सापकोटाबीच प्रतिस्पर्धा हुँदै छ ।

Exit mobile version